बुढेशकालमा पौडेलले निकाले युवाको जोश

Nayabimarsha (Weekly Newspaper from Nepal)

तनहुँ l नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि लौरो टेकेर जनताको घरदैलो अभियानमा सक्रिय बनेका छन् । आपूmलाई उधारो राष्ट्रपतिमा पार्टीले थन्क्याउन लागेको सुइँको पाएपछि पौडेल सक्रिय भएका हुन् ।

काँग्रेसमा सभामुखदेखि उपप्रधानमन्त्री र संसदीय दलको नेता भए पनि पौडेल प्रधानमन्त्री बन्न सकेनन् । काँग्रेसको १४ औँ महाधिवेशनमा सभापति बन्ने आकांक्षा राखेका पौडेललाई संस्थापन इतर पक्षका नेताहरु प्रकाशमान सिंह र शेखर कोइरालाले साथ नदिँदा तटस्थ बसे ।

काँग्रेसको सभापति बन्ने चाहना पनि अन्त्य भएपछि सभापति शेरबहादुर देउवाले उधारो राट्रपति बनाउने आश्वासन दिएको चर्चा चलेको छ । तर, पौडेलले राष्ट्रपतिभन्दा एक पटक कार्यकारी प्रधानमन्त्री बन्ने सपना देखेका छन् । संस्थापन इतर पक्षको नेता हुँदा पौडेलको पक्षमा ४२ जना सभापति र ४० प्रतिशत हिस्सा काँग्रेसमा थियो । अहिले इतर पक्षका नेता शेखर कोइरालासँग ३३ जना मात्र सभापति रहेका छन् भने ४० प्रतिशत हिस्सा पनि नरहेको जानकारहरुले बताएका छन् ।

आगामी प्रतिनिधिसभाको निर्वाचनमा पौडेल तनहुँको क्षेत्र नं. १ बाट उम्मेदवार बन्ने अभिप्रायले जिल्ला केन्द्रित हरेक कार्यक्रममा सहभागी हुन थालेका छन् । पौडेललाई २०७४ सालको निर्वाचनमा तत्कालीन नेकपाका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (हालको श्रम तथा रोजगार मन्त्री) ले पराजित गरेका थिए । श्रेष्ठ हाल एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका छन् । तनहुँमा यस पार्टीको प्रभाव अत्यन्त न्यून भएका कारण श्रेष्ठले चुनाव नजित्ने जानकारहरुले बताएका छन् ।

तनहुँ—१ मा पौडेलकै वर्चश्व भएकाले आगामी संघीय निर्वाचन जित्ने बताइएको छ । काँग्रेसले बहुमत ल्याउने अवस्थामा पौडेललाई एक पटक प्रधानमन्त्री बनाउनुपर्ने चर्चा काँग्रेसवृत्तमा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *