मन्त्री आले र श्रेष्ठ एमालेमै फर्कने हल्ला

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ । हुन हो कि नहुन, हल्ला मात्रै हो कि साँचो हो नेकपा (एकीकृत समाजवादी) बाट पर्यटन, संस्कृति र नागरिक उयनमन्त्री बनेका प्रेमबहादुर आले र श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ (किसन) पुनः एमालेमै फर्कने व्यापक हल्ला चलाइएको छ ।

गत २०७८ असोज २२ गते मन्त्री बनेका आले र श्रेष्ठले (एस) पार्टीका अन्य मन्त्रीहरुले भन्दा सुधारोन्मुख कामहरुको थालनी गरेका छन् । मन्त्री आलेले नेपाल वायुसेवा निगमको टाट पर्ने अवस्थालाई सुधार गर्न नसके पनि राजदरबार संग्रहालय, पशुपति धर्मशाला र त्रिभुवन विमानस्थलमा यात्रुले भोगेको समस्यालाई केही मात्रामा भए पनि मलमपट्टी लगाउने कोसिस गरेका छन् भने राजदरबार संग्रहालय र पशुपति धर्मशालाबाट व्यवसायी आनन्दराज बतासलाई हात ठड्याउन बाध्य बनाएका छन् । क्यानको डिजी नियुक्ति गर्दा र लुम्बिनी विकास कोषअन्तर्गतको जग्गा सुरज वैद्य (व्यापारी) लाई उपलब्ध गराई करोडौँ आर्थिक चलखेल गरेको आरोप लागेको छ ।

त्यसैगरी, एकीकृत (एस) का मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा नेपाली श्रमिकहरुले भोग्नु परेको समस्यालगायतका विषयमा सुधारको पहल गरे पनि अघोषितरुपमा आर्थिक चलखेल गरेपछि पार्टीबाट फिर्ता बोलाउने दबाब अध्यक्ष माधवकुमार नेपालमाथि परेको जानकारहरुले बताएका छन् । कार्यसम्पादनमा एकीकृत समाजवादी पार्टीबाट मन्त्री बनेकाहरुमध्ये स्वास्थ्यमन्त्री विरोध खतिवडा उत्कृष्ट बनेका छन् । रामकुमारी झाँक्रीको जोश, जाँगर मन्त्री बनेपछि शिथिल बनेको जानकारहरुले बताएका छन् । पिर्कामन्त्रीका रुपमा परिचित मन्त्री झाँक्रीको पनि रेडलाइट बलेको पार्टीका असन्तुष्ट कार्यकर्ताहरुले बताएका छन् । उनलाई ज्ञान र अनुभवको कमीका कारण मन्त्रालयलाई चलायमान बनाउन नसकेको आरोप लागेको छ ।

यता, निर्वाचनको माहौल तात्दै जाँदा मन्त्रीद्वय आलेलाई संघीय चुनावमा जित्न सकस परेपछि श्रेष्ठ एमाले अध्यक्ष खड्गप्रसाद ओली निवास बालकोट धाउन थालेको चर्चा चलेको छ । एकीकृत समाजवादी निकट भ्रातृसंस्थाको यस्तो आरोपपछि पार्टीमा खैलाबैला मच्चिएको छ । हुन पनि नेकपा एकीकृत समाजवादीबाट चुनाव लडे तनहुँ क्षेत्र नं. १ बाट श्रेष्ठले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र आलेले डोटीबाट काँग्रेस नेता वीरबहादुर बलायरसँग चुनाव हार्ने डरले पुनः एमालेमै फर्केर स्थान सुरक्षित गर्न खोजेको सरोकारावालाहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *