ग्लोबल आइएमई बैंक र ग्यास बिक्रेताबीच सम्झौता

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं l ग्लोबल आइएमई बैंक लिमिटेड र ग्यास विक्रेता महासंघ, नेपालबीच ग्यास विक्रेता तथा उपभोक्तालाई ग्यास खरिद तथा विक्री गर्नका लागि सहज तरिकाको प्रयोग गर्ने सम्झौता भएको छ । यसका लागि क्यूआरमार्फत गरिने मोबाइल पेमेन्ट प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो ।

यस सम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र ग्यास विक्रेता महासंघ, नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले हस्ताक्षर गरी आधिकारिकता प्रदान गरेका ग्लोबल आईएमई बैंकले जनाएको छ । बैंकले आफ्ना भुक्तानी साझेदारहरु “क्mबचत ऋजयष्अभ त्भअजलययिनष्भक” र “ँयलभ एबथ” सँग सहकार्य गरी डिजिटल पेमेन्ट प्रवद्र्धनका लागि महासंघसँग समन्वय गरेको हो ।

सुरक्षित र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रवद्र्धनका लागि ग्लोबल आइएमई बैंकले विभिन्न संघ–संस्थासँग सम्झौता गर्दै आएको जनाइएको छ । महासंघका अध्यक्ष अर्यालले बैंकसँगको सहकार्यले महासंघमा आवद्ध मुलुकभरका २० हजारभन्दा बढी ग्यास विक्रेताहरु सिधै लाभान्वित हुने विश्वास व्यक्त गरे । सो बैंकको मुलुकभर दुई सय ८७ शाखा, दुई सय ५२ एटीएम, दुई सय ७४ शाखारहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन् । यसैगरी ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुकबाहिर तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब आठ सय ६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको अवस्थामा यस्तो संझौताले दुवै पक्षलाई फाइदा पुग्ने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *