विमोचन कार्यक्रम सम्पन्न

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं l विश्वविद्यालय पाञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा .डा. रामचन्द्र गौतमले कन्याकुमारीदेखि मानसरोवरसम्मको भूभाग आर्यव्रत क्षेत्र नेपालको भूमि रहे पनि अहिले त्यो भूमि भारत र चीनमा परेको भनी दुखेसो व्यक्त गरेका छन् । उनले यहि भूमिबाट सिर्जीत पवित्र नदीहरु गंगा तथा ब्रह्मपुत्रसम्म बगेर गएको स्मरण गर्दै उनले विश्वमा नेपाल विविधताले भरिएको सुन्दर संस्कृति भएको शान्तिको भूमि तथा मन्दिरैमन्दिरको देश भएको उल्लेख पनि गरेका छन् ।

दक्षिण एशियाली ज्योतिष महासंघ, राष्ट्रिय समिति नेपालको आयोजनामा प्रकाशित सजिलो भित्तेपात्रो २०७९ को विमोचन कार्यक्रममा आइतबार प्रमुख अतिथि प्रा .डा. गौतमले सो कुरा बताएका हुन् । उनले नेपाललाई तपोभूमि , देवोभूमि, ज्ञानभूमि, पवित्र नदीहरुको उद्गमस्थल भएको देश हो भने । गौतमले दक्षिण एशियाली ज्योतिष महासंघले भित्तेपात्रो प्रकाशन गरेर सहनीय कार्य गरेको भन्दै खुशी व्यक्त गर्दै शुभकामना व्यक्त गरे ।

सो कार्यक्रमलाई दक्षिण एशियाली ज्योतिष महासंघ राष्ट्रिय समितिका सभापति खिलनाथ काफ्लेले महासंघको आजीवन सदस्यता व्यापक रुपमा बढाउने, सबै प्रदेशहरुमा क्षेत्रीय समितिहरु बनाउने, महासंघको आफ्नै कार्यालय भवन बनाउने लगायतका योजना रहेको बताए । कार्यक्रमलाई दक्षिण एशियाली ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समितिका केन्द्रीय अध्यक्ष सहदेव विष्ट, राष्ट्रिय ज्योतिष विज्ञान सेवा समितिका संस्थापक अध्यक्ष तिलकराज पौडेल, नेपाल ज्योतिष परिषद्का महासचिव कमलप्रसाद काफ्ले, दक्षिण एशियाली ज्योतिष महासंघ अन्तर्राष्ट्रिय केन्द्रीय समितिका महासचिव आचार्य लक्ष्मण पन्थी, महिला ज्योतिष संघका अध्यक्ष रतिदेवी श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *