अर्थमन्त्री सिरानीमुनिको पैसा खोज्दै

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ । चुनावका कारण पैसा ‘होल्ड’ भएपछि मुलुकमा तरलता अभाव भएको बताउँदै अर्थमन्त्री जनार्दन शर्माले पैसा व्यक्तिले सिरानी र ओछ्यानमुनि लुकाएर राखेका हुनसक्ने भन्दै गैरजिम्मेवारीयुक्त अभिव्यक्ति दिएका छन् । नागरिक लगानी कोषको ३२ औँ वार्षिकोत्सवमा अर्थमन्त्री शर्माले यस्तो अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा उनी नकारात्मक टिप्पणी सहित भाइरल बनेका छन् ।

उनले सिरानीमुनि र ओछ्यानमुनि लुकाएको पैसा खोजीमा लागेको बताउँदै बजारबाट पैसा कहाँ हरायो भन्दै आश्चर्य प्रकट गरेका छन् । क्रिष्टोकरेन्सी र डिजिटल नेटवर्किङ प्रविधिको दुरुपयोग गरी पुँजी पलायन भइरहेकाले त्यसलाई रोक्ने संयन्त्रको विकास गरिरहेको अर्थमन्त्री शर्माले बताएका छन् ।

बैंकहरुमा देखिएको तरलता, विदेशी सहयोग र रेमिट्यान्स ठप्प भएपछि अर्थमन्त्री शर्माले नेतृत्व सम्हालेको अर्थमन्त्रालय नै टाट पल्टिने खतरा बढेको छ । यस्तै अवस्था रहे मुलुक श्रीलंका बन्न सक्ने जानकारहरुले बताएका छन् । अर्थमन्त्री शर्माको बन्दुके शैलीबाट अर्थतन्त्र धराशयी बन्दै गएपछि उनलाई हटाउने सोचमा उनको दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पुगेका छन् । अर्थमन्त्री शर्माको उक्त भनाइलाई पूर्वअर्थमन्त्री एवं एमाले नेता सुरेन्द्रप्रसाद पाण्डेले कसले, कहाँ, कति पैसा लुकाएको र कोसँग कति पैसा छ, अर्थमन्त्रीले कसरी देखे पुष्टि गर्नुपर्ने बताएका छन् ।

कालो धनको स्रोत खोज्नेभन्दा २०६५÷६६ मा वैधानिक तवरबाटै ह्वाइट बनाउने व्यवस्था गरिएको थियो । नेकपा (एमाले) मा खड्गप्रसाद ओली र विष्णुप्रसाद पौडेल तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल र जनार्दन शर्मा पैसा थुपार्ने नेताका रुपमा चिनिन्छन् भनी आरोप लाग्दै आएको छ । हराएको पैसा एक महिनाको समय दिएर स्रोत देखाउनुपर्ने अन्यथा भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले ल्याएजस्तो एक हजार र पाँच सयका नोट नचल्ने (विमुद्रीकरण) घोषणा गर्नासाथ बजारबाट ह्वारह्वार्ती पैसा निस्कने जानकारहरुले बताएका छन् ।

नेपालमा राजनीतिक दलका नेता, व्यापारी र उच्च प्रशासकहरुसँग भएको पैसा ‘होल्ड’ मा रहेको छ । अर्थमन्त्री शर्मा र मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरुमा आर्थिक वृद्धिदर कसरी गर्ने भन्ने सोच नै नभएको जानकारहरुले बताएका छन् । यसका अतिरिक्त निर्वाचन आयोगले निर्वाचनका लागि खर्चको ‘सिलिङ’ तोकेपछि आपूmखुशी खर्च गर्न नगद पैसा साथमा राखेका कारण बजारमा तरलता देखिएको स्रोतले बताएको छ । त्यसबाहेक आफ्नै खातामा रहेको पैसा निकाल्न खोज्दा बैंकहरुले अनावश्यक दुःख दिएपछि व्यक्तिहरुले बैंकमा पैसा राख्न छाडेको सरोकारवालाहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *