नागरिक उड्डयनका महानिर्देशकमाथि आरोपै आरोप

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दर्जनौ आरोपहरु लाग्दा समेत पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सुनपानी छर्केर चोख्याई रहेका छन् ।
मन्त्री पाण्डेलाई पनि क्यासिनो र क्यानको चास्तीमा डुबेको आरोप लाग्ने गरेको छ । क्यासिनो सञ्चालन गर्न मोटो रकम लिएर स्वीकृति दिएको काँग्रेसकै सांसद राजेन्द्र बजगाईले आरोप लगाएका थिए । त्यसैगरी क्यानका महानिर्देशक अधिकारीको दानापानीमा डुबेको चर्चा मन्त्रालयमा चलेको छ । नागरिक उड्डयन प्राधिकरण टुक्य्राउने बताए पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन ।
आफूभन्दा वरिष्ठहरुलाई पन्छाएर पैसाको बलमा महानिर्देशक बनेको तथ्य पूर्वपर्यटन मन्त्री प्रेमबहादु आलेले संसदीय समितिमा बताइसकेका छन् । पैसाको बलमा नागरिक उड्डयनको महानिर्देशक बनेपछि सिनामंगलस्थित क्यानको भवन निर्माणमा भ्रष्टाचार भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजपत्रहरु समेत कब्जामा लिएको थियो ।
अर्बौ रुपियाँ बजेट भएको प्राधिकरणले हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिस्तार गरिरहेको छ । १५ अर्ब लागतमा विस्तार भैरहेको उक्त विमानस्थलमा पनि महानिर्देशक अधिकारीले ब्यापक चलखेल गरेको जानकारहरुले बताएका छन् । यसअघि राष्ट्रिय गौरवका योजना मानिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा पनि आयोजना प्रमुखको रुपमा रहँदा व्यापक घोटाला गरेको चर्चा चलेको थियो । काँग्रेस नेतृ एवं परराष्ट्रमन्त्री आरजु राणा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी गंगा दाहाल र एमालेका विष्णु रिमालसँग घनिष्ठ सम्बन्ध बनाएका कारण महानिर्देशक अधिकारीले बिगत तीन वर्षदेखि क्यानमा ब्रम्हलुट मच्याइरहेको समाचार श्रोतले जानकारी दिएको छ ।
उक्त कार्यकालमा महानिर्देशक अधिकारीले मन्त्रीहरु प्रेमबहादुर आले, सुदन किराँती र बद्रीप्रसाद पाण्डेलगायतको नाडी छाम्ने मौका पाएका छन् । हाल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानहरु बन्द हुँदा महानिर्देशक अधिकारीलाई कारबाही गर्न माग गरेका छन् । गत चैत १६ गतेबाट अन्तर्राष्ट्रिय उडान रोकिएपछि विमानस्थल सुनसान बनेको र पर्यटन व्यवसायीहरु निराश भएका छन् ।
रुपन्देहीको सिद्धार्थ सञ्जालले कारबाहीको माग गरेको छ । भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्ने महानिर्देशक अधिकारीले बताएको समाचार श्रोतले जानकारी दिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *