चुनावलाई लक्ष्य गरी ‘डीएसपी’ खटिए

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं l आगामी बैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेपाल प्रहरीका २५ जना नायब उपरीक्षक (डीएसपी) हरूलाई काजमा खटाएको छ । नेपाल प्रहरीको मुख्यालयले निर्वाचन आचार संहिता लाग्नु अगावै उनीहरुलाई खटाएको हो ।

यसरी खटिनेहरुमा अंगुर जिसीलाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा तथा कविता कटवाललाई अख्तियार दुरपयोग अनुसन्धान आयोग टंगालमा परेका छन् । यस्तै कृष्णराज ओझालाई जिप्रका हुम्ला, कैलाश राईलाई जिप्रका ताप्लेजुङ, गणेशबहादुर श्रेष्ठलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, गोविन्दराज काफ्लेलाई जिप्रका धनुकटामा काज खटाइएको मुख्यालयले सूचना जारी गरी जनाएको छ ।

यसैगरी जेसी साहलाई जिप्रका कपिलबस्तु, तिलक भारती जिप्रका म्याग्दी, धर्मराज भण्डारी कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, ध्रवराज भण्डारीलाई काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नं. २ महाराजगञ्ज, प्रकाश डाँगीलाई जिप्रका पूर्वी रुकुम, प्रतीक विष्टलाई जिप्रका दार्चला, प्रेमसागर के.सी.लाई जिप्रका मनाङमा काज खटाइएको जनाइएको छ । यस्तै, बालनरसिंह राणालाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय कार्य शाखा, मधुकुमार थापालाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा, मनोहरप्रसाद भट्टलाई जिल्ला जिप्रका बाँके, रामप्रसाद घर्ती मगरलाई कर्णाली प्रदेश कार्यालय सुर्खेत, विष्णुप्रसाद सोतीलाई जिप्रका पश्चिम रुकुममा काज खटाइएको सूचनामा उल्लेख जनाइएको छ ।

यसैगरी श्यामकुमार राई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, सन्तोष निरौला जिप्रका जाजरकोट, सुकदेव खनाल जिप्रका ओखलढुंगा, सुनिलजंग शाह जिप्रका सोलुखुम्ब, सुरज कार्की जिप्रका सुर्खेत, सुवास खड्का बागमती प्रदेश कार्यालय हेटौँडा र हेरम्ब शर्मा नेपाल प्रहरी अस्पताल महाराजगञ्ज प्रशासनमा काज खटाइएकामा परेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *