‘खनियाबास विद्रोह’ सर्वजनिक

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ लेखक एवं साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक ‘खनियाबास विद्रोह’ को लोकार्पण गरिएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सो पुस्तक लोकार्पण गरिएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उक्त पुस्तक बुधबार सार्वजनिक गर्नुभएको थियो । नेपाली लेखक संघ नुवाकोटद्वारा प्रकाशित ‘खनियाबास विद्रोह’ तात्कालिन पश्चिम १ नम्बर क्षेत्र र हालको नुवाकोट जिल्लामा पर्ने खनियाबासमा घटेको सत्य घटनाको विषयबस्तु अध्ययन गरेर लेखिएको अनुसन्धानात्मक पुस्तक रहेको बताइएको छ ।
‘खनियाबास विद्रोह’ श्रेष्ठको २८ औँ प्रकाशित कृति हो । नुवाकोटको विदुरमा वि.सं. २०३१ सालमा जन्मिएका श्रेष्ठको हालसम्म केही नियात्रा सङ्ग्रह, जीवनी सङ्ग्रह, कविता, समीक्षा, अनुसन्धानात्मक पुस्तकहरु प्रकाशित छन् । यसैगरी जापनिज साहित्यका हाइकु, तान्का, कटौता, सेदोका, डोडोइट्सु, मन्डो र कोरियन साहित्यका सिजो जस्ता विधाका अधिक पुस्तकहरू पनि श्रेष्ठका प्रकाशित कृतिहरु हुन् । श्रेष्ठ कांग्रेस नुवाकोट जिल्लाका सचिव समेत हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *