काठमाडौं/ नेपालकी अग्रिमा कुँवरले फिलिपिन्समा ‘लिटिल मिस ग्लाम युनिभर्सल–२०२५’ को उपाधि जितेकी छिन् ।
गुल्मी मदानेकी कुँवरले हालै सम्पन्न सौन्दर्य प्रतियोगिता ‘लिटिल एण्ड टिन ग्लाम इन्टरनेशनल–२०२५’ अन्तर्गत सो उपाधि जितेकी बताइएको छ । हाल बुटवलमा बसोबास गर्दै आएकी उनी एभरेष्ट बोर्डिङ सेकेण्डरी स्कूलमा कक्षा ७ मा अध्ययनरत छिन् ।
उनले आफ्नो सफलताले राष्ट्रको पहिचान बोकेको प्रतिक्रिया दिइन् । नेपालको प्रतिनिधित्व गर्दै ताज पहिरिन पाउँदा खुशी लागेको भन्दै उनले यो सफलता व्यक्तिगत नभई देशको गौरव भएको बताएकी छिन् । यो सफलताबाट अन्य नेपाली बालबालिकालाई पनि अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्ने आत्मबल र हौसला मिल्ने उनले प्रतिक्रिया दिएकी छिन् ।
नेपालका थप तीनजना प्रतियोगीले अन्य विभिन्न टाइटल उपाधिहरू पनि जितेका छन् । प्रतियोगिताका मुख्य प्रायोजक एक्स्ट्रा टिच ओभल इन्टरनेशनल क्रिकेट स्टेडियमका निर्देशक अष्ट्रेलिया निवासी विनोद कुँवरले उक्त जानकारी दिएका हुन् । नेपालकी मिरिञ्जा गाहाले ‘सब टाइटल र मेडल–थ्री मिस टिन ग्लाम वल्र्ड–२०२५’, मोनिका कठायतले ‘सब टाइटल र मेडल–थ्री मिनी मिस ग्लाम इन्टरनेशनल–२०२५’ र अभिवन न्यौपानेले ‘सब टाइटल र मेडल–थ्री मिस्टर जुनियर ग्लाम युनिभर्सल–२०२५’ उपाधि जितेका निर्देशक कुँवरले जानकारी दिए ।
‘लिटिल एण्ड टिन ग्लाम इन्टरनेशनल–२०२५’ बालबालिका र किशोरी सौन्दर्य प्रतियोगिताको रुपमा अन्तर्राष्ट्रियस्तरको हो । यसमा तीनवटा बालिका उपश्रेणी र दुईवटा किशोरी उपश्रेणी हुन्छन् । प्रतियोगितामा ट्यालेन्ट एण्ड गाला नाइट राउण्ड, नेशनल कस्टम राउण्ड, स्विमिङ कस्टम रिसोर्ट वेयर राउण्ड, फेशन शो, फर्मल÷लङ्ग इभिनिङ्ग ग्रोन स्पोर्टस राउण्ड र इन्ट्रोडक्शन राउण्ड समावेश थियो ।
मे २४ देखि २९ अर्थात् जेठ १० देखि १५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा २९ देशका ७३ प्रतिस्पर्धीले सहभागिता जनाएका बताइएको छ ।
अग्रिमा कुँवर ‘लिटिल मिस ग्लाम युनिभर्सल’
Facebook Comments Box
