संगीतकार संघमा नयाँ नेतृत्व

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ संगीतकार संघ नेपालको १३ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । चेतन सापकोटाको नेतृत्वमा रहेको संघको कार्यसमितिलाई विदाइ गर्दै लामाको नेतृत्वमा नयाँ नेतृत्व चयन गरिएको हो ।
बबिना भट्टराई सहित १२ सदस्यीय नयाँ कार्यसमिति पनि सर्वसम्मत रुपमा निर्वाचित गरिएको बताइएको छ । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत तेजप्रसाद खरालका अनुसार वरिष्ठ उपाध्यक्षमा राजेश थापा रहेका छन् । यस्तै संघको प्रथम उपाध्यक्षमा शंकर थापा स्माइल, द्वितीय उपाध्यक्षमा राजेन्द्र बजगाईं, महासचिवमा दिनेश वान्तवा राई, सचिवमा दीपक शर्मा र कोषाध्यक्षमा योगेन्द्र उपाध्याय रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा बबिना भट्टराई, हरि सायमी, कमलीकान्त भेटवाल, तारावीर पाण्डे, अर्जुन कौशल रहेका छन् । शम्भूजित बासकोटा संस्थापक अध्यक्ष रहेको यस संघमा लक्ष्मण शेष, शान्तिराम राई, पारस मुकारुङ र चेतन सापकोटा अध्यक्ष भइसकेका छन् ।
अध्यक्ष लामाले आपूm अध्यक्षमा सर्वसहमत चयन भएसंगै आफ्ना कार्यकालमा सम्पन्न गर्ने ८ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन् ।
संस्थाको १३ सदस्यीय कार्यसमितिमा एक जना सदस्य नवगठित कार्य समितिले चयन गर्ने बरिष्ठ उपाध्यक्ष राजेश थापाले बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *