अनुको ‘बाबुजी ………’ सार्वजनिक

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ अनु चौधरीको श्वरमा रहेको गीत ‘बाबुजी…’ सार्वजनिक भएको छ । उत्तम भण्डारीको शब्द एवं संगीत, बावुल गिरीको एरेञ्ज र बावुलकै मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
उत्तम श्रेष्ठ (शिशिर) को निर्देशन रहेको गीतको भिडियोमा श्रीकृष्ण निरौला र आराध्यालक्ष्मी खड्गीलाई फिचरिङ गरिएको छ । विशाल थापा र टिमको सिनेमेटोग्राफी रहेको भिडियोमा मीन रावलको दृश्य सम्पादन रहेको बताइएको छ ।
विशाल कैनीको कोरियोग्राफी रहेको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । डान्सिङ प्याट्रनको गीतको भिडियो उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतबाट एउटा उत्कृष्ट गीतको भिडियो पस्केका छौँ, प्रतिक्रियाका साथै साथ सपोर्टको अपेक्षा गर्दछौ’, गायिका चौधरीले भनिन् । उनका थुप्रै गीत श्रोता÷दर्शकको रोजाइमा पर्न सफल भएका छन् । थारु गीतमा जमेकी अनुले थुप्रै नेपालीका साथै हिन्दी गीत पनि गाएकी छिन् ।
अनुले नेपाली चलचित्रमा पनि अभिनय गरेकी छिन् । उनले मह जोडी, धीरेन शाक्य लगायतसँग अभिनय गरेकी छिन् । कोरियोग्राफरमा पनि उनी कुशल छिन् । उनी हालै ‘आमा आज पनि रुन्छिन्’ मा अनुबन्धित भएकी छिन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *