काठमाडौं/ लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ ले ५४ वर्षको नेपाली लायनिज्म इतिहासमा पहिलो पटक महिला नेतृत्व पाएको छ । डिष्ट्रिक्ट ३२५ जे को लायन वर्ष २०२४÷२५ की गभर्नर तथा मल्टिपल काउन्सिल भाइस चियरपर्सन लायन मिलन थापा आगामी लायन वर्षकी लागि मल्टिपल काउन्सिल चियरपर्सनमा निर्विरोध निर्वाचित भएकी छिन् ।
मल्टिपल काउन्सिल चियरपर्सन पदमा मनोनयन दर्ता गर्ने समयसीमा भित्र लायन थापाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन् । लायन वर्ष २०२४÷२५ मा उनले आफ्नो कुशल नेतृत्वशैली देखाउँदै डिष्ट्रिक्ट ३२५ जेलाई चर्चामा ल्याएकी छन् । उनको यो सफलतालाई केवल पद प्राप्तिको रुपमा मात्र नभएर परिवर्तन, समावेशी नेतृत्व र समर्पित सेवाको प्रतिनिधित्वको रुपमा हेरिएको छ । लायन थापाले लायन्स क्लबमार्फत् समाजसेवामा लामो समयदेखि सक्रिय रहँदै महिला सशक्तीकरण, शिक्षा र स्वास्थ्यका क्षेत्रमा योगदान दिएकी छन् ।
आफू निर्विरोध भएपछि उनले आफ्नो जीतले नेपाली लायनिज्ममा नयाँ इतिहास कोरेको र मनदेखि समाजसेवामा सक्रिय सबै लायन्स लिडरहरु विशेषगरी महिलाहरुलाई थप प्रोत्साहन मिलेको बताइन् ।
लायन मिलन थापाको अर्को फड्को
Facebook Comments Box
