कान्तिपुर थिएटर सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । काठमाडौंको गैरीधारामा अवस्थित यस थिएटरको उद्घाटन अभिनेता हरिवंश आचार्यले गर्नुभयो । उद्घाटन कार्यक्रममा अभिनेत्री रेखा थापाको डेब्यु नाटक ‘मीरा’ को प्रिमियर गरिएको थियो ।
कान्तिपुर फिल्म कलेजले सञ्चालनमा ल्याएको १६० सिट क्षमताको थिएटरमा व्यावसायिक तथा कलेजका नाटकहरू मञ्चन गरिने बताइएको छ । कान्तिपुर फिल्म कलेजका सीईओ प्रकाश पुरीले उक्त थिएटर भएको स्थान अभिनेता आचार्यको लागि पनि ऐतिहासिक भएकाले उहाँबाट उद्घाटन गराइएको बताउनु भयो ।
आफ्नै जन्मस्थान गैरीधारामा नाटकघर उद्घाटन गर्न पाउँदा आफूलाई अत्यन्त खुशी लागेको अभिनेता आचार्यले बताउनुभयो । उहाँले नाटक कलाकारहरूले नेपाली चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान दिइरहेको उल्लेख गर्दै आफ्नो अभिनय यात्राको जग पनि नाटक नै भएको स्मरण गर्नुभयो ।
नाटकको शीर्षक ‘मीरा’ सुन्दा उहाँले आफ्नी दिवंगत पत्नी मीरालाई सम्झिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नाटकको नाम पनि मीरा रहेछ । मैले भौतिक रूपमा मीरालाई गुमाएँ, तर उनकै नामबाट नाटकको नाम राखिएको रहेछ ।”
यसैबीच, उद्घाटन कार्यक्रममा सहभागी हुनुपर्ने अर्का अभिनेता मदनकृष्ण श्रेष्ठ स्वास्थ्य समस्याका कारण अनुपस्थित रहनु भएको थियो ।
यसैबीच रेखा थापाको शीर्ष भूमिका रहेको नाटक ‘मीरा’ जेठ १९ देखि असार ७ गतेसम्म (बुधबारबाहेक) साँझ ५ः३० बजेदेखि नियमित मञ्चन हुने बताइएको छ ।
कान्तिपुर थिएटर सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा
Facebook Comments Box
