न्यायाधीशमा श्रेष्ठ नियुक्त

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं l सर्वोच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठलाई संविधानको धारा १२९ को उपधारा २ बमोजिम न्यायपरिषदको सिफारिसमा न्यायाधीशमा मंगलबार नियुक्त गरिएको हो ।

यसका लागि संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका श्रेष्ठलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो । लामो समयदेखि नियुक्ति प्रक्रिया रोकिएका कारण सर्वोच्च अदालतमा न्यायाधीशहरुको संख्या घट्दा पूर्ति नहुने खतरा बढ्दै गएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *