यातायातका ‘दले’हरू पक्राउ

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर l ललितपुर यातायात कार्यालयमा सेवाग्राहीलाई सेवाको नाममा अनावश्यक दुःख दिने तथा पैसाको लेनदेनलाई हौस्याउने १५ जना दलाल (दले) हरू पक्राउ परेका छन् । ललितपुर महानगरपालिका— १३ कुसुन्तीमा रहेको यातायात व्यवस्था कार्यालय, बागमतीको कार्यालय परिसर तथा बाहिर बसेर त्यस्तो कार्य गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो । कार्यालयमा व्यक्तिगत कामको लागि आउने सेवाग्राहीहरूलाई अनावश्यक रुपमा झन्झटमा पारी कार्यालयको काममा बाधा तथा अवरोध पु¥याएको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यस विषयलाई लिएर सर्वसाधारणबाट जनगुनासो प्राप्त भएपछि उनीहरुलाई प्रहरीको टोलीले पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेमा खोटाङको दिक्तेल स्थायी ठेगाना भई हाल ललितपुरको बागडोलमा बस्ने १९ वर्षीया इनिमाया राई, कुसुन्ती बस्ने २५ वर्षीय नीमा लामा, उदयपुरको त्रियुगा नगरपालिका— ९ स्थायी ठेगााना भई हाल कुसुन्ती बस्ने १९ वर्षीया कुसुम दनुवार राई रहेका छन् । यसैगरी ओखलढुंगाको रंगद्वीप ठेगाना भई हाल ललितपुरको जावलाखेल बस्ने ३२ वर्षीय अर्जन विश्वकर्मा, गुल्मीको रिडी नगरपालिका ठेगाना भई हाल कुसुन्ती बस्ने २१ वर्षीय अरुण मगर रहेका पनि प्रहरी जनाएको छ ।

यस्तै ललितपुरमा बस्ने ३७ वर्षीय शंकर कार्की, धादिङको मैदी स्थायी ठेगाना भई हाल ललितपुरको नख्खु बस्ने ३० वर्षीय कृष्ण श्रेष्ठ, सर्लाही अत्रौली स्थायी ठेगाना भई हाल काठमाडौंको कालीमाटी बस्ने ३० वर्षीय राजीव पाख्रिन, रामेछापको सुनपानी स्थायी ठेगाना भई हाल ललितपुरको बालकुमारी बस्ने २८ वर्षीय गोविन्द पाण्डे, ललितपुरको कुसुन्ती बस्ने २४ वर्षीय उमेश लामालाई पनि प्रहरीले पक्राउ गरेको जनाइएको छ । यस्तै, रामेछापको गोकुलकुञ्ज स्थायी ठेगाना भई हाल ललितपुरको एकान्तकुना बस्ने २६ वर्षीय दिलीप खड्का, उदयपुरको गाईघाट स्थायी ठेगाना भई हाल कुसुन्ती बस्ने २४ वर्षीय कुमार दनुवार राई, रामेछापको मन्थली स्थायी ठेगाना भई हाल एकान्तकुना बस्ने २७ वर्षीय प्रभाकर आले मगर, काभ्रेपलाञ्चोकको नमोबद्ध स्थायी ठेगाना भई हाल सातदोवाटो बस्ने २३ वर्षीय दीपक घोरासैनी, ललितपुरको महालक्ष्मी— ३ इमाडोल बस्ने ३० वर्षीय दीपेन्द्र खड्का पनि सोही अभियोगमा पक्राउ परेका प्रहरीले जनाएका छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *