खोटाङमा गठबन्धन कायम राखिने

Nayabimarsha (Weekly Newspaper from Nepal)

दिक्तेल l खड्गप्रसाद शर्मा ओली नेतृत्वको नेकपा (एमाले) ले आफ्नो जितलाई घमण्ड गर्दै जनहितमा नलगाएको ठम्याइमा खोटाङमा क्रियाशील अन्य दल पुगेका छन् । सोही कारण एमालेलाई आफ्नो वास्तविक हैसियतमा राख्नका लागि भन्दै स्थानीय तहको निर्वाचनमा खोटाङमा गठबन्धनलाई कायम राखिने भएको हो ।

गठबन्धनमा आवद्ध दलहरु नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल र नेकपा (एकीकृत समाजवादी) को बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन कायम राख्ने निर्णय गरेपछि खोटाङ जिल्लामा एमाले एक्लिने भनी चर्चा चलेको छ ।

उक्त बैठकले आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर चुनाव लड्ने नीतिगत सहमति गरेको कुरा कांग्रेसका खोटाङ उपसभापति तीर्थ भट्टराईले जानकारी दिए । जिल्लामा कुनै न कुनै रुपमा गठबन्धन कायम राख्ने तथा गठबन्धनका लागि आपसमा लचकता अपनाउने निष्कर्ष बैठकले निकालेको उनले जानकारी दिए । गठबन्धन गर्ने निर्णय भए पनि कुन कुन पालिकामा के कसरी भन्ने कुरामा भने सहमति भैनसकेको बताइएको छ । खोटाङमा दुई नगरपालिका, आठ गाउँपालिकामा जम्मा ७९ वडा छन् । गठबन्धन दलको बैठकले भोलि शनिबार जिल्लाका ७९ वटै वडामा अन्तरक्रिया तथा चियापान गर्ने निर्णय गरेको पनि जानकारी छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *