ओलीलाई हिस्स पारे डल्लाकोटीले

Nayabimarsha (Weekly Newspaper from Nepal)

धादिङ | नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई मख्ख पार्दै एमालेमा प्रवेश गरेका पित्तबहादुर डल्लाकोटीले ओलीलाई २४ घन्टा बित्न नपाउँदै हिस्स पारिदिएका छन् । नेकपा (माओवादी केन्द्र) बाट धादिङ बेनीघाट रोराङ गाउँपालिकाको अध्यक्ष निर्वाचित डल्लाकोटी सोमबार एमालेमा प्रवेश गरेका थिए । त्यसरी प्रवेश गरेको एक दिन पनि नपुग्दै उनी फेरि माओवादी केन्द्रमै फर्किएको विज्ञप्ती जारी गरेका छन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट अध्यक्ष निर्वाचित डल्लाकोटी १५ वर्षअघि एमालेबाट माओवादी प्रवेश गरेका थिए । उनले एक विज्ञप्ती जारी गर्दै क्षणिक आक्रोशमा आएर आफूबाट गल्ती भएको स्वीकार गरेका छन् । उनले आफ्नो गल्तीले पार्टीमा परेको क्षतिप्रति गम्भीर आत्माआलोचना गर्दै आफू माओवादी केन्द्रमै रही जस्तो जिम्मेदारी दिए पनि विनासर्त निर्वाह गर्ने पक्षमा रहेको बताउन थालेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *