चितवन कांग्रेसको माग सुनुवाइ हुने

Nayabimarsha (Weekly Newspaper from Nepal)

चितवन | चितवन खासगरी भरतपुर महानगरपालिकाको प्रमुख आफ्नो दलले पाउनुपर्छ भनी माग राख्दै आएको नेपाली कांग्रेस चितवनको माग सुनुवाइ हुने दिशातिर बढेको छ । स्थानीय तहमा गठबन्धन गर्ने निर्णय सत्तारुढ दलहरुले गरेसँगै चितवनको राजनीति र निर्वाचनलाई लिएर राष्ट्रिय राजनीति तात्तिएको अवस्थामा त्यसलाई मिलाउने कार्यमा सत्तारुढ दलहरु छलफलमा जुटेका छन् ।

चितवन कांग्रेसले महानगरपालिकाको प्रमुखमा दाबी नछाड्ने घोषणा गरेको छ । अघिल्लो स्थानीय निर्वाचनमा माओवादी केन्द्रलाई प्रमुख दिएका कारण कांग्रेसमा समस्या आएको थियो । कांग्रेसको समर्थनमा माओवादी केन्द्रबाट रेणु दाहालले प्रमुखमा जित निकाले पनि माओवादीको प्रभाव सो महानगरमा खासै नरेहको अवस्थामा अब माओवादी केन्द्रलाई बोक्न नसक्ने अवस्थामा कांग्रेस पुगेको भनी चितवन कांग्रेसले जानकारी गराउँदै आएको छ ।

रेणुको राजनीतिक भविष्यका लागि पनि उनलाई सोही पदमा दोहो¥याउने पक्षमा माओवादी केन्द्र लाग्नु नहुने भन्ने पक्षमा कांग्रेसका स्थानीय नेताहरुले जोड दिंदै आएका छन् । रेणुलाई प्रमुखमा उठाउनु भन्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उनलाई प्रदेशको सांसद बनाई भोलिका दिनमा बागमती प्रदेशको सरकारमा मन्त्री बनाउँदा उचित हुने भनी सत्तारुढ दलका नेताहरुका बीचमा चर्चा चल्न थालेको छ ।

पुष्पकमल दाहाललाई प्रतिनिधि सभामा जिताउने सहमतिमा भरतपुरको प्रमुख कांग्रेसले पाउने सम्भावना बढेको बताइएको छ । गठबन्धनका क्रममा माओवादीका अध्यक्ष दाहालले कांग्रेसको चुनाव चिन्ह ‘रुख’ लाई बोकेर कांग्रेसका उम्मेदवार जिताउन प्रचारमा हिंडेका खण्डमा आगामी संघीय चुनावमा कांग्रेसका नेता कार्यकर्ताहरुले उनलाई पनि जिताउन सहयोग गर्ने वातावरण बन्न सक्ने भनी दाहाललाई सुझाव दिने गरिएको पनि बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *