भुवन के.सी. ले उम्मेदवारी दिने

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं | अभिनेता भुवन के.सी. काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवारी दिने चर्चा चलेको छ । आगामी २०७९ बैशाख ३० मा हुने भनिएको स्थानीय तह निर्वाचनमा के.सी.लाई आफ्नो दलको तर्फबाट उठाउने उन्नत लोकतन्त्र पार्टीले जनाएको छ ।

सो दलका अध्यक्ष स्वागत नेपालले काठमाडौंको मेयरमा के.सी.लाई र उपप्रमुखमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको विज्ञप्ती सार्वजनिक गरेका छन् । पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले त्यो निर्णय गरे पनि त्यसका लागि उनीहरु तयार भए नभएको भन्ने बारेमा विज्ञप्तीमा केही खुलाइएको छैन ।

के.सी.लाई परराष्ट्र विभागको विभागीय अध्यक्षसमेतको जिम्मेवारी दिइएको जानकारी अध्यक्ष नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । के.सी.ले महानगरवासीलाई शहरीया गरिबी, डेरावालका व्यवस्थापनका समस्या तथा घरेलु हिंसाका मुद्दामा सही न्याय दिँदै सामाजिक न्यायलाई प्रत्याभूत गर्ने विश्वास पार्टीले लिएको अध्यक्ष नेपालले बताएका छन् ।

अघिल्लो निर्वाचनताका नेकपा (एमाले) मा प्रवेश गरी समानुपातिकतर्फको उम्मेदवार बन्न के.सी. सफल भएका थिए । उनलाई समानुपातिकतर्फ राखिनासाथ एमाले भित्र विद्रोह हुन पुगेको थियो । सोही विद्रोहका कारण उनको उम्मेदवारी त्यो बेला खोसिएको थियो । उनको उम्मेदवारी खोसिएपछि के.सी. राजनीतिक रुपमा निस्कृय रहँदै आएका थिए । स्थानीय निर्वाचनको मिति घोषणासँगै के.सी. तथा अर्का नायक राजेश हमाल पनि काठमाडौंको प्रमुखको उम्मेदवार हुने चर्चा चलेको छ । हमालले भने अहिलेसम्म यस विषयमा आफूलाई चर्चामा ल्याएका भने छैनन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *