सडकमा तीन झा शक्तिशाली बनेको चर्चा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं | तराई–मधेशमा बाहुनका रुपमा चिनिने गरेका झा यतिबेला सडक विभागको कन्फर्म र का.मु. सु.ई. पदमा कार्यरत छन् । खड्गप्रसाद ओली नेतृत्वको सरकारका पालामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ हुँदा अहिले शक्तिशालीको आरोप लागेका झाहरु छायामा परेका थिए। यिनीहरुमध्येका सु.इ. प्रभात झा, का.मु. आयोजना प्रमुख–हुलाकी सडक निर्देशनायल र का.मु. संघीय सुपरीवेक्षण कार्यालय पूर्वाञ्चल– ज्ञानेन्द्र झा रहेका छन् । उपरोक्त तीनैजना झाहरु रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेपछि शक्तिशाली बनेको चर्चा चलेको छ ।
केही वर्ष अगाडि उमेश झा र दयाकान्त झा पनि सडक विभागकै योजना र पुल महाशाखामा कार्यरत रही अवकाश भएका थिए । त्यतिबेला उनीहरुको चर्चा भए पनि बेग्लै तरिकाले हुन्थ्यो । अहिले सु.ई. पदमा बढुवा भएर पनि जिम्मेवारी नपाएकाहरुले का.मु. बनेकाहरुप्रति शक्तिशालीको आरोप लगाएका छन् । हालै सुदूरपश्चिमबाट सडक करिडोरमा ल्याइएका नवीनमान श्रेष्ठ र पूर्वकुमार राई कुर्सीविहीन बन्न पुगेका छन् । उनीहरु दुवैजना २४ (घ) बाट सु.ई. मा बढुवा भएका हुन् । राईसँगै बढुवा भएका रुपकराज भण्डारीलाई संघीय सुपरीवेक्षण कार्यालय सुदूपश्चिम सुर्खेत सरुवा गरिएको छ ।
चालु आ.व. समाप्त हुन तीन महिना बाँकी रहँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अर्थ मन्त्रालयसँग थप रु.७९ अर्ब बढी रकम बजेट माग गरेको छ । अर्थले थप बजेट दिन नसक्ने बताएपछि निर्माणाधीन नागढुङ्गा सुरुङ्गमार्ग, मदन मण्डारी र राष्ट्रिय– गौरवका सडकहरुलगायतका सडकहरु अधुरै रहने भएका छन् । थप बजेटका लागि सरकारसँग पैसा नभएपछि मुस्किल पर्ने बताइएको छ । कामको मारामार हुने समयमा सरकारले थप बजेट उपलब्ध गराउन नसक्ने बताएपछि टेण्डर हालेर गएका आयोजना प्रमुख (सु.ई.) योजना प्रमुख र डिभिजन प्रमुखहरु ठेकेदारहरुलाई काम गरेको रकम भुक्तानी गर्न नसकी मूर्छित बनेर भाग्न बाध्य भएको समाचार स्रोतले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *