निजामतीमा ६० वर्षे अक्सिजनको चर्चा उग्र

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ | निजामती सेवामा ५८ वर्षबाट अवकासको मुखमा पुगेकाहरुलाई अध्यादेशमार्पmत् ल्याउन लागिएको ६० वर्षे अवकाशको उमेर हदले सिकिस्त बिरामी परेको व्यक्तिलाई अक्सिजनले बचाएजस्तो हुने चर्चा चलेको छ । ६० वर्षे उमेर हदले निजामति प्रशासनमा कसै–कसैको जीवन रङ्गिला बन्ने बताइएको छ ।
जागिरबाट वाक्कदिक्क बनेकाहरुलाई भने ६० वर्षे उमेर हद घाँडो बन्ने चर्चा निजामती वृत्तमा चलेको छ । निकै पहिलादेखि व्यापक हल्ला चलेको ६० वर्षे उमेरहदको अवकाश कहिलेदेखि लागू गर्ने भन्नेमा विवाद देखिएको थियो । स्थानीय निर्वाचनको आचारसंहिता लागू हुनुअघि आगामी चैत्र २९ गते अध्यादेश आउने र ६० वर्षे उमेरहद अध्यादेशमार्पmत् सरकारले ल्याउने सम्भावना रहेको जानकारहरुले बताएका छन् ।
आगामी एक वर्ष र केही समयपछि सचिव बन्ने सहसचिवहरुले भने एक वर्ष पछि मात्र लागू गराउनुपर्ने पक्षमा लविङ्ग शुरु गरेका छन् । अवकाश हुन लागेका सचिव र सहसचिवहरु भने तत्काल लागू गर्नुपर्ने पक्षमा छन् । ६० वर्षे उमेर हद हुँदा सचिवहरु दामोदर रेग्मी, वैकुण्ठ अर्याल, देवेन्द्र कार्की, राम थपलिया, मधु मरासिनी, देवकुमारी गुरागाईं, तोयानारायण ज्ञवाली र तोयम रायलगायतका सचिवहरुको जागिर अवधि लम्बिन्छ । त्यसैगरी, अवकाश हुन लागेका सहसचिव र प्राविधि सहसचिवहरु श्रीकृष्ण नेपाल, काशिराज दाहाल, रघुराम बिष्ट, बाबुराम अधिकारी, शिवहरि सापकोटा, कैलाश श्रेष्ठ, दीपक भट्टराई र दीपक श्रेष्ठले फाइदा उठाई लट्री पर्नेछ । ६० वर्षे उमेर हदको आशामा -याल काढेर बसेका तात्कालिन अर्थसचिव सपना देखेरै गत माघ २० मा अवकाश भएका थिए । ६० वर्षे प्रावधानले मुख्यसचिवको नियुक्तिमा समेत तलमाथि हुनसक्ने भएता पनि धेरैको कल्याण हुने चर्चा चलेको छ । अवकाश हुन लागेका सचिवहरुले प्रधानमन्त्री शेरबहादुर देउवा र सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई टुनामुना गरिसकेको जानकाहरुले बताएका छन् । यसलाई ट्रेड युनियनमा आबद्ध कर्मचारी नेतृत्वले नमानेको समाचार स्रोतले बताएको छ । सिंहदरबार परिसरमा निजामती अध्यादेशमार्पmत् ६० वर्षे अवकाश उमेरहद ल्याउने चर्चा व्यापक रुपमा चलेपछि अवकाश हुन लागेकाहरुको मुहार चम्किलो बनेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *