गठबन्धनबाट बन्दी बने मन्त्री

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर | सत्तारुढ गठबन्धनलाई कानूनी प्रक्रियामा सहयोग पु¥याएका गोविन्द शर्मा कोइराला (गोविन्द बन्दी) लाई मन्त्री पदबाट पुरस्कृत गरिएको छ । उनलाई हिजो बिहीबार कानून, न्याय तथा संसदीय मामिलामन्त्रीका रुपमा मन्त्री बनाइएको हो । उनले हिजो बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बिहीबार कोइराला मन्त्रीमा नियुक्त भएका हुन् । वर्तमान सरकार बन्नुमा कानूनी कार्यमा गोविन्द बन्दीले महत्वपूर्ण योगदान दिएका थिए । अन्तर्राष्ट्रिय कानूनका राम्रो जानकार मानिने उनलाई मन्त्री बनाउनका लागि सत्तारुढ सबै दलहरुले सहमति जनाएको समाचार स्रोतले जानकारी दिएको छ । गैह्र सांसद छ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक सुविधा रहेकाले त्यसैको आधारमा उनलाई मन्त्री बनाइएको हो । उनी अहिले सांसद नभए पनि मन्त्री बन्ने सौभाग्यशालीमध्येमा पर्दछन् ।
खड्गप्रसाद ओली प्रधानमन्त्री बनेका बखत दुई दुई पटक प्रतिनिधिसभा विघटन गरेका थिए । त्यसको विरोधमा हालको सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु एक ठाउँमा उभिएको अवस्थामा नाम चलेका कानून व्यवसायीहरु त्यसको विरोधमा खरो रुपमा उत्रिएका थिए । दलहरुलाई कानूनी प्रक्रियामा सघाउ पु¥याउनेहरुमध्येमा बन्दी पनि अग्रस्थानमा थिए ।
बन्दीलाई भन्दा पहिले कानूनमन्त्री बन्नका लागि सत्तारुढ गठबन्धनले शम्भू थापालाई मन्त्री बन्न भनेको चर्चा चलेको थियो । थापाले अहिलेको अवस्थामा मन्त्री बन्न अनिच्छा देखाएका कारण बन्दीलाई मन्त्री बनाउने निर्णयमा सत्तारुढ गठबन्धन पुगेको चर्चा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *