अनेसास स्पेनमा नयाँ कार्यसमिति गठन

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर l अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, स्पेनले नयाँ नेतृत्व पाएको छ । मंगलबार बसेको कार्यसमितिको बैठकले ओमर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको जानकारी गोवद्र्धन पूजाले जानकारी दिएका छन् ।

समितिको उपाध्यक्षमा भक्त पौडेल ‘आफन्त’ र गंगादेवी शर्मा चयन भएका छन् भने सचिवमा बिहान तिमल्सिना र कोषाध्यक्षमा कुलचन्द्र पन्थी चुनिएका छन् । स्पेन भरी छरिएर रहेका अनेसासका सक्रिय सदस्यहरूको सहभागितामा भएको उक्त साधारणसभाले दुर्गा तिमिल्सिना र कल्पना आचार्यलाई सदस्यका चयन गरेको छ । अनेसासलाई स्पेनमा फैल्याउन सक्रिय नेतृत्व गर्ने अनेसास स्पेनका निवर्तमान अध्यक्ष एवम् साहित्यकार शारदा पौडेल (नीशा) को सभापतित्वमा आयोजित कार्यक्रम जूम प्रविधिका माध्यममा भएको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *