डलर खाता खोल्न र लगानी गर्न आग्रह : आर.जे.महतो

Nayabimarsha (Weekly Newspaper from Nepal)

लण्डन l नेपालका अर्थमन्त्री जनार्दन शर्माले संसारभर रहेका नेपालीलाई नेपाली बैंकमा डलर खाता खोल्न र लगानी गरी सहयोग गरिदिन आग्रह गरेका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले त्यस्तो आग्रह गरेका हुन् ।

मन्त्री शर्माले प्रवासी नेपालीहरुले डलर खाता खोल्दा नेपालको अर्थतन्त्रलाई मद्दत पुग्ने भन्दै उनले एक लाख एनआरएनले १० हजार डलरका दरले खाता खोलिदिए त्यसले नेपालको अर्थ व्यवस्थालाई सहज बनाउन सहयोग पु¥याउने धारणा राखे । उनले बैंकहरुमा तरलताको अभाव रहेको बताउँदै सात महिनाको लागि बस्तु र सेवा किन्ने विदेशी मुद्रा नेपालमा सञ्चिती रहेको जानकारी दिंदै उनले नेपाल राष्ट्र बैंकको तथ्यांक देखाए । उनले राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनलाई आधार देखाउँदै मुलुकमा नौ अर्ब ५८ करोड डलर संचिती अवस्थामा रहेको दाबी गरे । उनले पेट्रोलीयम पदार्थको मूल्य बृद्धि हुँदा लाखौं डलर बाहिर पठाउनु परेको दाबी पनि गरे ।

उनले विदेशमा रहेका नेपालीलाई पनि फाइदा होस् भनेर डलर खाताका लागि नीतिगत प्रक्रिया पूरा गरेको दाबी गरे । उनले डलर खाता खोल्न झन्झट हटिसकेको भन्दै डलर खातामा भएको रकम सहज रुपमा फिर्ता लिन मिल्ने बनाइसकेको पनि दाबी गरे । नेपालमा आउने पर्यटकलाई फ्री भिसा दिनेबारे छलफल भै रहेको जानकारी पनि उनले दिए । उनले त्यसले एनआरएनएलाई पनि सहज हुने बताए ।

सोही कार्यक्रममा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले डलर खाता खोल्ने विषय प्रवासी नेपालीलाई नेपालसँग जोड्ने एउटा माध्यम हुने धारणा राखे । उनले विदेशमा रहेका नेपालीलाई विदेशी मुद्रामा खाता खोल्न नीति नियम परिवर्तन गरी सजिलो बनाइदिएकोमा सरकारलाई धन्यवाद दिए ।

उनले गैरआवासीय नेपाली नागरिकताका लागि व्यवस्था गर्न मन्त्री शर्मालाई आग्रह गरे । कार्यक्रममा अर्थसचिव मधु मरासिनी तथा नेपाल राष्ट्र बैंकका कायममुकाम गभर्नर डा. नीलम ढुंगानाले सहभागीहरुका प्रश्नको जवाफ पनि दिएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *