काममा फर्किए गभर्नर अधिकारी

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं l नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधबारदेखि नियमित काममा फर्किएका छन् । २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ चैतबाट निलम्बनमा परेका अधिकारीलाई राष्ट्र बैंक फर्किने बाटो भने मंगलबार सर्वोच्च अदातलको आदेशले खुलाइदिएको हो ।

गभर्नर अधिकारी अदालतको अल्पकालीन अन्तरिम आदेशअनुसार अनुसार नियमित काममा फर्किएका हुन् । न्यायाधीश हरि फुयाँलको एकल इजलासले मंगलबार ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनू’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएपछि उनलाई आफ्नो नियमित कार्यहरुलाई सम्हाल्न बाटो खुलेको हो ।

मन्त्रिपरिषद्ले गभर्नर अधिकारीलाई निलम्बन गर्दै पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ समिति बनाएको थियो जसलाई अदालतले योसँग सम्बन्धित कुनै पनि निर्णय कार्यान्वयन नगर्न भनेको छ । अदालतले दुबै पक्षलाई छलफलका लागि भनी यही बैशाख १३ गते बोलाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *