सशस्त्रमा अर्यालको बढुवा हुने

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले सशस्त्र प्रहरी बल नेपालको अतिरिक्त महानिरीक्षक (एआईजी) मा राजु अर्याललाई बढुवाका लागि सिफारिस गरेको छ । अर्याल अहिले नायब महानिरीक्षक हुन् ।

पहिलो बरीयताका रहेका अर्याललाई एआईजीमा बढुवा गरेर पछि प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने बाटो खोलेको भनी सशस्त्रमा चर्चा चलेको छ । अर्याल बैशाख २० गतेबाट आईजीपी बन्ने पनि समाचार स्रोतको दाबी छ ।

अर्यालका साथै नारायणदत्त पौडेल र चन्द्रप्रकश गौतम पनि बढुवाको दौडमा रहे पनि उनीहरुलाई पछाडि पार्दै अर्याल एआईजी बढुवामा परेका हुन् । बैशाख १९ गते हालका आईजीपी पुष्पराम के.सी.ले उमेर हदका कारण अनिर्वाय अवकाश पाउने भएकाले त्यसपछि अर्याल नै आईजीपी बन्ने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *