कांग्रेसको कार्यक्रम समिति

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर l नेपाली कांग्रेस आसन्न निर्वाचनलाई लिएर निकै नै क्रियाशील देखिएको छ । कांग्रेसले निर्वाचन केन्द्रित गर्ने भनिएका कार्यक्रमहरुलाई समेत व्यवस्थित बनाउनका लागि केन्द्रदेखि नै मानिसहरु खटाएको छ । उप–सभापति धनराज गुरुङको संयोजकत्वमा ‘देशव्यापी कार्यक्रम समन्वय उप–समिति’ गठन गरी कांग्रेसले आफ्ना कार्यक्रमहरुलाई व्यवस्थित गराउने भएको छ ।

कांग्रेसद्वारा जारी विज्ञप्तिमा उप–समितिको सदस्यहरूमा सह–महामन्त्रीद्वय महेन्द्र यादव र जीवन परियार तथा केन्द्रीय सदस्य नानु बास्तोलालाई राखिएको छ । यसैगरी सदस्य सचिवमा केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुली रहेका छन् । उप–समितिले देशभरका पालिका एवम् विभिन्न स्थानमा आयोजना गरिने सभाहरूको आवश्यक समन्वय, केन्द्रीय वक्ताहरूको चयन तथा परिचालन गर्ने पनि विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले विभिन्न सात स्थानमा खुला सभा आयोजना गर्ने तथा ती सभाहरूको संयोजन सम्बन्धित जिल्ला कार्यसमितिहरूले गर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसरी तय भएका सभाहरुमा मोरङमा बैशाख २१ गते, धनुषामा बैशाख २२ गते, काठमाडौंमा बैशाख २३ गते र कास्कीमा बैशाख २४ गते खुला सभा गरिने भएको छ । यस्तै, रुपन्देहीमा बैशाख २५ गते, सुर्खेतमा बैशाख २६ गते र कैलालीमा बैशाख २७ गते सभा राखिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *