– डा. जयन्ती पौडेल
बाल साहित्य समाज र रोल्पाली आयोजकहरूको संयोजकत्वमा मिति २०८२ मंसिर १८ र १९ गते रोल्पाको सदमुकाम लिवाङमा अत्यन्त भव्यताका साथ ३० औं बालसाहित्य सम्मेलनको कार्यक्रम सुसम्पन्न भयो । १८ गते बिहान १० बजेबाट नै कार्यक्रम शुरू हुने भएकोले काठमाडौंबाट १६ गते साँझ ६ः३० मा करिब ४२ जनाको टोली रोयल रोल्पा गाडीबाट रोल्पाको लागि प्रस्थान गरेका थियौंँ ।
करिब २१ घण्टाको लामो यात्रापछि अपरान्ह ३ः३० बजे हामी रोल्पाको सातदोबाटोस्थित होटलमा पुग्यौं । त्यहाँ रोल्पाली मित्रहरूले अतिथिहरूको खानाको व्यवस्था गर्नुभएको थियो । अधिकांश बालसाहित्य प्रेमीहरूको रोल्पाको यात्रा पहिलो यात्रा भएकोले कुन बेला रोल्पा पुगिएला र रोल्पा कस्तो होला भन्ने कौतुहलता सबैको मनमा उब्जनु स्वाभाविक नै थियो । यात्रामा नेपालीमात्र नभएर विदेशी पाहुनाहरू पनि तीनजना हुनुहुन्थ्यो । एकजना चिनियाँ नागरिक, एकजना स्लोभानियाकी युवती र १ जना भारतीय युवक पनि सम्मेलनमा भाग लिन आउनु भएको थियो ।
सबैजना रमाउँदै नौलो ठाउँ रोल्पालाई हेर्न आतुर हुँदै अगाडि बढिरहेका थियौं । यता, रोल्पाली आयोजकहरू पनि आफ्ना अतिथिहरूलाई स्वागत गर्न हतारी रहनु भएको थियो । समय समयमा कहाँ आइपुग्नु भयो भन्दै उहाँहरूको फोन आइरहन्थ्यो । पर्खाइको धैर्यतालाई छिचोल्दै जब ३.३० मा हामी रोल्पाको सातदोबाटोस्थित खानाखाने होटल अगाडि पुग्यौँ त्यसपछि हाम्रा रोल्पाली शुभचिन्कहरू हामीलाई स्वागत गर्न बसको ढोका अगाडि बसिरहनु भएको थियो ।
हामीहरू क्रमैसँग बसबाट ओर्लदै जाने उहाँहरूले हातमा फूलको गुच्छा र निधारमा अबिरको टीका लगाइदिँदै हामीहरूलाई स्वागत गर्नुभयो । स्वागत समारोहमा उपस्थित सबै शुभचिन्तकहरूको नाम याद हुन सकेन कविता उपाध्याय चाहिँ नाम याद रहेकोले स्वागत कार्यक्रममा उहाँ पनि उपस्थित हुनुहुन्थ्यो । सायद डि.बी. टुहुरो पनि त्यहाँ उपस्थित हुनुहुन्थ्यो होला तर एक पटक मात्र देखेकोले होला राम्ररी परिचय हुन सकेन ।
स्वागतपछि खाना खाने होटलमा पनि हाम्रा रोल्पाली आयोजकहरूले हामीलाई धेरै मद्दत गर्नुभयो । अतिथि देवो भवःको वैदिक कथनलाई हाम्रा आयोजकहरूले पूर्ण रूपमा पालना गर्नुभएको थियो । उहाँहरूको त्यो आतीथ्यता त्यो सदासयता अनि त्यो हृदयदेखि नै उजागर भएको अतिथि सत्कारको प्रेमलाई जीवनभर भुल्न नसक्ने खालको थियो ।
रोल्पाको चिसो हावापानीमा पाइएको न्यायो सत्कार र स्वादिष्ट भोजनपछि हामीलाई ‘रक गार्डेन’ र भ्यू टावर हेर्नका लागि लगिएको थियो । चट्टान नै चट्टानले बनेको रक गार्डेनलाई बाहिरबाटै हेरेर भ्यू टावर हेर्नका लागि हामी सबै गयौँ । करिब २० मिनेटको हिडाइपछि हामी भ्यूटावर पुगेका थियौं । ८ तले टावरको गेट अगाडि जनयुद्ध कालमा मारिएका सैनिक महिला कमाण्डरहरूरूको २ वटा मूर्ति र त्यसको देव्रेपट्टी भागमा जनयुद्ध कालमा रोल्पामा वीरगति प्राप्त गरेका नेपाली वीर लडाकुहरू सात सय जनाभन्दा बढीको नाम देखेर मन नै स्तब्ध भयो ।
साथीहरू भ्यू टावरको माथिल्लो तलामा गएर रमणीय रोल्पाको प्राकृतिक दृश्य हेरेर रमाइरहनु भएको थियो भने म चाहिँ जनयुद्धमा मारिएका रोल्पालीहरूको नामावली हेरेर भावुक भइरहेकी थिएँ । जनयुद्धकालमा त्यसरी ध्वस्त भएको रोल्पाले अहिले काँचुली नै फेरेको रहेछ, अधिकांश ठाउँका बाटोहरू कालोपत्रे, चारैतिर हरियाली जङ्गल, चिसो वातावरणले बसैको मन मुटु छोएको थियो ।
वरिपरि हेर्दै सबैजना होटेलतर्फ हगाडि बढ्यौं । सदरमुकाम लिवाङ्गको टुँडिखेल नजिकैको ‘होटल भट्ट’ होटल हेरिटेज र होटल हिलटपमा पाहुनाहरूको लागि खाने र बस्ने व्यवस्था मिलाइएको थियो । त्यसै दिन साँझ ५ः३० बजेतिर बालमन्दिरको हलमा आयोजकहरूले पत्रकार सम्मेलनको समेत आयोजना गर्नुभएको थियो ।
करिब १ घण्टा जतिको पत्रकार सम्मेलनपछि सबैजना आ–आफ्नो तोकिएको होटलमा खाना र बासका लागि गयौं । सायद समय नभएर होला त्यहाँ परिचयात्मक कार्यक्रम भने राखिएको थिएन । यदी काठमाडौंबाट जानुभएका पाहुनाहरू र रोल्पाका आयोजकहरू बीच परिचयात्मक कार्यक्रम करिब ३० मिनेटको मात्र राखिएको भए सुनमा सुगन्ध नै हुने थियो ।
मुख्य कार्यक्रमको दिन अर्थात् १८ गते बिहान वरिपरि हरियो डाँडाले घेरिएको बीचमा उपत्यका झैँ लाग्ने लिवाङको टुँडिखेल पूर्व हेर्न गएको थियौं । लिवाङ पूर्व र दक्षिणका बीचको भाग अर्थात् आग्नेयकोणको भाग दार्जिलिङ शहरका घरहरू झैं देखिएका थिए । एक ठाउँमा झलमल्ल घाम लागिरहेको छ भने त्यसको ४५ वा १ घण्टाको फरकमा चिसो र घामको अनुहार नै नदेखिने अवस्था हुँदो रहेछ ।
रोल्पाको गाउँहरू कस्ता होलान् भन्ने खुल्दुली मेटाउन हामी टुँडिखेल वरपरका घरहरू हेर्न गयौं । सदरमुकाम भएर होला वरपर होटल बजारहरू पनि थिए । मूल सडक भित्रका घरहरू पुराना पहाडिया अर्थात् ढुङ्गाले छाएका र अधिकांश १–२ तले थिए । रोल्पालीहरूको मिलनसार अनि पाहुनालाई स्वागत गर्ने शैली असाध्यै मनपर्दाे खालको थियो । हामी बाटामा घुम्दै रहँदा एकजना स्थानीय महिला बाहिर निस्केर नमस्कार गर्दै हाम्रो बारेमा चाँसो राख्दै सोध्नु भएकोबाट पनि अनुमान लगाउन सकिन्थ्यो कि कार्यक्रमको बारेमा व्यापक प्रचार प्रसार भएको रहेछ भनेर ।
रोल्पाका सायद १० ओटै गाउँपालिकाबाट १८ गतेको बालसाहित्यिक महोत्सवको उद्घाटन कार्यक्रममा जनसमुदायको सहभागिता थियो । बिहान ११ बजे बाजा र ¥याली अनि ब्यानरसहित सबै पालिकाका जनसमुदाय साततालबाट करिब १५ देखि २० मिनेटको दूरीमा रहेको टुँडीखेलमा भेला हुन जाँदाको दृश्य निकै मनमोहक थियो । विभिन्न समुहका महिलाहरूबाट प्रदर्शन गरिएको त्यहाँको प्रसिद्ध मयुरनाच निकै आकर्षक थियो । मयुरनाच सँगै धिमेबाजा पञ्चैबाजासहित अवीर फूलमालाले हामी आगन्तुकलाई गरेको स्वागत निकै नै मनमोहक थियो ।
सबैको गला र निधार रातो टीका माला र हालमा फूलको गुच्छाले सजिसजाउ थियो । साँच्चै नै अति नै मनमोहक दृश्य र रमाइलो क्षण थियो । स्थानीयहरूले घरको छत–छतबाट बर्साउनुभएको अवीर र फूल अनि घर–घरमा घडा सजाएर गरिएको त्यो स्वागत मानौ कुनै राजनीतिक दलका मन्त्री गाउँ गएको भन्दा कम थिएन । हामी कुनै राजनीतिक दलका नेता थिएनौ थियौँ त विशुद्ध बालसाहित्यकार तर रोल्पालीजनले साहित्यकारलाई गर्नु भएको त्यो भव्य स्वागतले हाम्रा विदेशी पाहुनाहरू पनि अत्यन्त हर्षित हुँदै बाजाको तालमा नाच्दै अगाडि बढिरहनु भएको थियो ।
टुँडिखेलमा निवर्तमान् अर्थमन्त्री वर्षमान पुनले कार्यक्रमको समुद्घाटन गरेर कार्यक्रमलाई अझ भव्यता प्रदान गर्नुभएको थियो । २–२ घण्टाको बाटो हिँडेर आउनु भएका महिलाहरूलाई समूहले प्रदर्शन गरेको मयुरनाच सबभन्दा आकर्षक थियो ।
अतिथिहरूलाई फेरि पनि फूलको माला र स्थानीय रूपमा उत्पादिन अल्लाको व्याग महिलाहरूलाई र पुरूषलाई टोपी लगाइदिएर स्वागत गरिएको थियो । उक्त महोत्सवको मुख्य उद्देश्य नै विद्यार्थी भाइबहिनीहरूलाई कथालेखन, कविता लेखन, चित्रकला आदि कार्यक्रम गराउनु रहेकोले विभिन्न कार्यक्रममा खटिएकाहरू सदरमुकाम नजिकै रहेको एउटा प्ल्स टु विद्यालयमा गयौँ ।
त्यहाँ बाल व्यवसायी मा.वि. लगायतका विभिन्न सरकारी र निजी स्तरका बोर्डिङबाट २ घण्टाको बाटो हिँडेर विद्यार्थीहरू कार्यक्रममा सहभागी हुन आउनु भएको थियो । हामी पनि अटो ट्याम्पु लिएर त्यहाँ पुगेका थियौ । भाइबहिनीहरू निकै उत्साहित भएर विभिन्न विधाका कक्षामा सहभागी हुनुभएको थियो । १ दिने कथा, कविता, चित्रकला, अभिनय र समीक्षा लेखनको कार्यशालाबाट पनि विद्यार्थी भाइबहिनीहरूले भोलिपल्ट अर्थात् १९ गते बिहान ७ बजेको कार्यक्रममा सहभागी भई उत्कृष्ट कथा, कविता, अभिनय, समीक्षा र चित्रहरू बनाएको देख्दा हामी अचम्मित भयौँ ।
त्यस दिन बिहान १ जना तराईबासी शुभचिन्तकले रोल्पामा मिठाइ पसल खोलेर बस्नु भएको रहेछ, उहाँले बिहानको खाजा खुवाउने निम्तामा हामी उहाँको होटलमा गयौं । उहाँहरूले देखाउनु भएको त्यो सदासयतालाई हामी कहिल्यौ भुल्न सक्दैनौं । ११ बजेपछि उद्योग वाणिज्य सङ्घको सभाहलमा फेरि कार्यक्रम शुरू भयो । दिनभरको कार्यक्रमपछि साँझ ५ बजे आ–आफ्नो होटलमा गएर खाना खाई हामी आ–आफ्नो सामान लिएर काठमाडौंँ फर्कने तरखरमा लाग्यौँ । करिब ६ बजेको समयमा हामी बसपार्कबाट काठमाडौं हिंड्यौ ।
हामीलाई विदाइ गर्न बसपार्कमा कविताजी लगायत अन्य शुभचिन्तक आयोजकहरू आउनु भएको थियो । हामीले रोल्पामा उत्पादिन केही खाद्यान्नहरू ‘कोसेली घर’ हाम्रो कोसेलीघरबाट लिएर मौकाले जुराए फेरि भेट्ने वाचासहित रोल्पाबाट बिदा भयौँ ।
३० औं एशिया स्तरीय बालसाहित्य महोत्सवले जुराएको रोल्पा भ्रमण हाम्रो लागि अत्यन्त अविस्मरणीय रहयो । शुभ चिन्तकहरूले हामीप्रति लगाउनु भएको गुन कहिल्यै भुल्न सकिन्न । बालसाहित्य समाजले प्रत्येक वर्ष यस्तो कार्यक्रम आयोजना गर्दछ तर रोल्पाको यो कार्यक्रम साँच्चै नै भव्य कार्यक्रम थियो ।
के बुढा, के बालक के तन्नेरी, के गृहिणी सबैले अत्यन्त भव्यताको साथ हामीलाई स्वागत गर्नु भएको थियो । सुन्दर पर्यटकीय नगरी रोल्पामा गएर हामीले हाम्रा भाइबहिनीहरूलाई के कति कुरा सिकाउन सक्यौँ यो त यहाँहरूको मूल्याङ्कन गर्नु भयो होला तर रोल्पामा आयोजित महोत्सवबाट हामीले भने धेरै हौसला, सदाचार, सद्भाव र अतिथि भनेका भगवान् सरह हुन् भन्ने रोल्पाली व्यवहारबाट सिक्न पायौँ ।
हामीमात्र होइन विदेशी पाहुनाहरू पनि साह्रै हर्षित भएर फर्कनु भयो । रोल्पाली साहित्यसमाजले जुन प्रकारले यो कार्यक्रमलाई सफल पार्न सहयोग गर्नुभयो त्यो उहाँहरूको गुनको हामी साह्रै ऋणी छौं र उहाँहरुलाई हृदयदेखि नै धन्यवाद छ । (लेखिका पौडेल नेपाल बालसाहित्य समाज बाग्मती प्रदेश अध्यक्ष हुनुहुन्छ)
नेपालको आकाश सजाउने दुर्लभ तथा विशेष चराहरू
चन्द्र प्रसाद लुइँटेल
प्रकृतिले नेपाललाई अनेकौँ अनुपम उपहार दिएको छ । हिमाल, पहाड, तराई, खोँच, नदी, ताल, जंगल र घाँसे मैदानले भरिएको यो सानो देश जैविक विविधताको दृष्टिले विश्वमै महत्वपूर्ण मानिन्छ । त्यही प्राकृतिक सम्पदामध्ये चराचुरुङ्गी पनि एक अमूल्य सम्पदा हो । संसारका धेरै देशहरूको भूगोल नेपालभन्दा विशाल भए पनि चराहरूको विविधताका हिसाबले नेपाल अत्यन्त धनी राष्ट्र मानिन्छ । करिब ९ सयभन्दा बढी प्रजातिका चराहरू पाइने नेपाल दक्षिण एसिया कै महत्वपूर्ण “बर्ड हब” का रूपमा परिचित छ ।
नेपालको विशेषता के हो भने यहाँ केही घण्टाको यात्रामै उष्ण तराईदेखि चिसो हिमाली क्षेत्रमा पुग्न सकिन्छ । यही भौगोलिक विविधताले फरक–फरक प्रकारका चराहरूलाई बस्न उपयुक्त वातावरण प्रदान गरेको छ । तराईका सिमसार क्षेत्रमा पाइने जलचरदेखि हिमालका चिसा भेगमा उड्ने रंगीन डाँफेसम्म नेपालका चराहरूले प्रकृतिलाई साँच्चिकै जीवित चित्रजस्तै बनाएका छन् ।
नेपालको नाम सुन्नासाथ धेरै मानिसलाई सबैभन्दा पहिले सम्झना आउने चरा हो ज्ष्mबबिथबल ःयलब िअर्थात् डाँफे । नेपालको राष्ट्रिय चराका रूपमा परिचित डाँफे हिमाली भेगको सौन्दर्यसँग गाँसिएको पक्षी हो । विशेषगरी २ हजार मिटरभन्दा माथिका जंगल र घाँसे मैदानमा पाइने यो चरा आफ्ना चम्किला रङका कारण संसारकै सुन्दर चराहरूमध्ये गनिन्छ । भाले डाँफेको शरीरमा नीलो, हरियो, बैजनी, ताम्र तथा सुनौलो रंग मिसिएको हुन्छ । घाम पर्दा यसको प्वाँख अझ चम्किन्छ र हेर्दा प्रकृतिले आफैँ रंग भरेजस्तो अनुभव हुन्छ । नेपाली लोकगीत, कविता र संस्कृतिमा समेत डाँफेको विशेष स्थान छ । हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरूले डाँफेलाई केवल चरा मात्र नभई पहिचान र गौरवको प्रतीकका रूपमा पनि लिन्छन् ।
नेपालको अर्को अत्यन्त महत्वपूर्ण चरा हो क्उष्लथ द्यबददभिच अर्थात् काँडे भ्याकुर । यो संसारमै नेपालमा मात्र पाइने दुर्लभ चराका रूपमा परिचित छ । वैज्ञानिक भाषामा त्गचमयष्मभक लष्उबभिलकष्क भनिने यो चरा विशेषगरी मध्यपहाडी भूभागका सुख्खा झाडी र काँडेदार वनस्पतियुक्त क्षेत्रमा पाइन्छ । आकारमा सानो र सामान्य देखिए पनि यसको महत्व असाधारण छ किनकि यो नेपालकै “स्थानिक” अर्थात् भलमझष्अ चरा हो । चराविज्ञानका अध्येताहरूका लागि काँडे भ्याकुर नेपाललाई विश्व मानचित्रमा चिनाउने विशेष पक्षी मानिन्छ । काठमाडौँ उपत्यका आसपासका केही क्षेत्रमा समेत यसको उपस्थिति पाइने भएकाले विदेशी चराप्रेमीहरू विशेष रूपमा यसलाई हेर्न नेपाल आउने गरेका छन् ।
नेपालका पहाडी तथा हिमाली क्षेत्रमा पाइने अर्को दुर्लभ चरा हो ऋजभभच एजभबकबलत अर्थात् चीर तित्रा । घाँसे भिरालो जमिन र झाडी भएका डाँडाकाँडामा बस्ने यो चरा अहिले संकटमा पर्दै गएको छ । वन विनाश, डढेलो र अवैध सिकारका कारण यसको संख्या घट्दै गएको बताइन्छ । नेपालमा पाइने धेरै तित्रा प्रजातिमध्ये चीर तित्रालाई विशेष महत्वका साथ हेरिन्छ ।
त्यसैगरी क्बतथच त्चबनयउबल, द्ययियम एजभबकबलत जस्ता रंगीन हिमाली चराहरू पनि नेपालको प्राकृतिक सम्पदाका महत्वपूर्ण हिस्सा हुन् । हिमाली जंगलमा पाइने यी चराहरूको सुन्दरता र दुर्लभताले विदेशी अनुसन्धानकर्ता र पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।
नेपालका सबै चराहरू सुरक्षित अवस्थामा भने छैनन् । केही प्रजाति अहिले लोप हुने खतरा सामना गरिरहेका छन् । उदाहरणका लागि द्यभलनब िँयिचष्अबल विश्वकै अत्यन्त संकटापन्न चरामध्ये एक हो । यो मुख्यतः तराईका घाँसे मैदानमा पाइन्छ । खेती विस्तार, घाँसे मैदान नष्ट हुनु र मानवीय गतिविधिका कारण यसको बासस्थान घट्दै गएको छ ।
त्यस्तै ध्जष्तभ चगmउभम ख्गतिगचभ अर्थात् गिद्धको अवस्था पनि चिन्ताजनक छ । केही दशकअघिसम्म नेपालका गाउँघर वरिपरि सजिलै देखिने गिद्ध अहिले दुर्लभ बन्दै गएका छन् । पशुचिकित्सामा प्रयोग हुने केही औषधिका कारण हजारौँ गिद्ध मरेपछि यसको संख्या एकाएक घटेको थियो । अहिले संरक्षणकर्मीहरूले “भल्चर रेस्टुरेन्ट” स्थापना गरेर गिद्ध संरक्षण अभियान सञ्चालन गरिरहेका छन् ।
नेपालको तराई क्षेत्रमा पाइने क्बचगक ऋचबलभ पनि निकै आकर्षक र महत्वपूर्ण चरा हो । लामो खुट्टा, रातो घाँटी र अग्लो शरीर भएको सारस विश्वकै सबैभन्दा अग्लो उड्न सक्ने चरामध्ये पर्दछ । नेपाली समाजमा यसलाई शुभ मान्ने परम्परा पनि छ । विशेषगरी सिमसार र खेतबारी वरिपरि देखिने सारस अहिले वातावरणीय परिवर्तनका कारण चुनौतीमा परेको छ ।
नेपाल चराहरूका लागि यति महत्वपूर्ण हुनुका पछाडि यसको भौगोलिक बनावट नै मुख्य कारण हो । केही सय मिटरको उचाइबाट आठ हजार मिटरभन्दा अग्ला हिमालसम्म फैलिएको भूगोलले विभिन्न प्रकारका चराहरूलाई उपयुक्त वातावरण प्रदान गरेको छ । यही कारण नेपाल प्रवासी चराहरूका लागि पनि महत्वपूर्ण गन्तव्य बनेको छ । हरेक वर्ष साइबेरिया लगायत चिसा देशहरूबाट हजारौँ चराहरू नेपालका ताल, सिमसार र नदी क्षेत्रमा आउने गर्छन् ।
विशेषगरी कोशी टप्पु वन्यजन्तु आरक्ष (प्यकजष् त्बउउग ध्ष्मिषिभ च्भकभचखभ० नेपालकै उत्कृष्ट चरादर्शन क्षेत्र मानिन्छ । यहाँ सयौँ प्रजातिका जलचर तथा प्रवासी चराहरू पाइन्छन् । त्यसैगरी चितवन राष्ट्रिय निकुञ्ज (ऋजष्तधबल ल्बतष्यलब िएबचप०, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज (क्जष्खबउगचष् ल्बनबचवगल ल्बतष्यलब िएबचप० तथा वर्दिया राष्ट्रिय निकुञ्ज द्यबचमष्ब ल्बतष्यलब िएबचप पनि चराप्रेमीहरूका लोकप्रिय गन्तव्य हुन् ।
आज विश्वभर जलवायु परिवर्तन, वन विनाश र प्रदूषणका कारण चराहरूको अस्तित्व संकटमा पर्न थालेको छ । नेपाल पनि यस समस्याबाट अछुतो छैन । जंगल फँडानी, डढेलो, अवैध सिकार, सिमसार क्षेत्रको विनाश तथा रासायनिक प्रदूषणले धेरै चराहरूको बासस्थान नष्ट भइरहेको छ । यदि समयमै संरक्षण गर्न सकिएन भने अहिले हामीले देखिरहेका केही दुर्लभ चराहरू भविष्यका पुस्ताले केवल पुस्तक र तस्वीरमा मात्र देख्नुपर्ने अवस्था आउन सक्छ ।
चराहरू केवल प्रकृतिको सौन्दर्य मात्र होइनन्, वातावरणीय सन्तुलनका महत्वपूर्ण आधार पनि हुन् । बीउ फैलाउने, कीरा नियन्त्रण गर्ने र वातावरणीय संकेत दिने काममा चराहरूको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले चराको संरक्षण गर्नु भनेको प्रकृतिको संरक्षण गर्नु हो । नेपालका हिमाल, वन र सिमसार क्षेत्रमा गुञ्जिने चराहरूको स्वर केवल प्रकृतिको संगीत मात्र होइन, हाम्रो जैविक सम्पदाको पहिचान पनि हो । (लेखक लुइँटेल अधिवक्ता हुनुहुन्छ)
विश्व साहित्यमा प्रेमको नयाँ अध्याय
काठमाडौं÷“उनी मेरा प्रत्येक शब्दको अर्थ थिइन् । म उनका मौन भावनाहरूको प्रतिध्वनि थिएँ । अनि त्यही अनुभूतिको संगमबाट जन्मियो ‘अद्वितीय प्रेम’ ।”
“भावनाभन्दा गहिरो । सम्बन्धभन्दा पवित्र । समयले मेट्न नसक्ने आत्मिक अनुभूतिको अविनाशी दस्तावेज ।”
विश्व साहित्यिक रङ्गमञ्चमा मानवीय संवेदना, आत्मिक समर्पण र निष्कलङ्क प्रेमलाई केन्द्रमा राखेर एउटा असाधारण कृतिको उदय भएको छ । लेखक दीपकृष्णद्वारा रचित “अद्वितीय प्रेम” ले आधुनिक प्रेम साहित्यलाई नयाँ उचाइमा पु¥याउँदै भावनात्मक वाङ्मयको क्षेत्रमा अद्वितीय इतिहास निर्माण गरेको अनुभूति गराएको बताइएको छ ।
प्रेमलाई क्षणिक आकर्षणको सीमाबाट मुक्त गर्दै आत्माको गहिरो अनुभूतिसँग जोड्ने यस कृतिले अन्तर्राष्ट्रिय साहित्यिक समुदायको ध्यान गम्भीर रूपमा आकर्षित गरेको देखिन्छ । प्रवुद्ध साहित्यिक वृत्तमा यस पुस्तकलाई मानव हृदयको मौन कम्पनलाई शब्दमा रूपान्तरण गर्ने दुर्लभ कृतिका रूपमा व्याख्या गर्न थालिएको छ ।
यो कृति लेखक दीपकृष्णले आफ्नी प्रिय श्रीमती देवमाया लामाप्रति पूर्ण श्रद्धा, निष्ठा र आत्मिक समर्पणका साथ सिर्जना गर्नुभएको हो । पुस्तकको प्रारम्भमै समावेश गरिएको भूमिका स्वयम्मा एउटा गहिरो भावनात्मक दर्शन बनेर उपस्थित भएको छ । “प्रेम त्यो शब्द होइन, जुन उच्चारण गरिन्छ । यो त एउटा अनुभूति हो, जुन आत्माबाट आत्मासम्म बग्छ, मौन भएर, तर गहिरिएर ।” भन्ने अभिव्यक्तिले कृतिको सम्पूर्ण भावविश्वलाई जीवन्त बनाएको छ । “अद्वितीय प्रेम” शीर्षकले पनि त्यही भावलाई प्रतिनिधित्व गर्दछ । अर्थात् त्यस्तो प्रेम, जसको कुनै दोस्रो तुलना सम्भव छैन । यस्तो अनुभूति, जुन जीवनमा एक पटक मात्र घट्छ र त्यही एक पटकले सम्पूर्ण अस्तित्वलाई अर्थपूर्ण बनाइदिन्छ ।
साहित्यिक दृष्टिले हेर्दा “अद्वितीय प्रेम” कुनै साधारण प्रेमकथा होइन । यो आत्मा, स्मृति, मौनता र समर्पणको गहिरो यात्राको जीवन्त दस्तावेज हो । लेखकका अनुसार यो अक्षरहरूको संयोजन मात्र होइन । यो त हृदयको कम्पन हो, जुन शब्दमा बगेर बाहिरिएको छ । प्रत्येक पृष्ठमा एउटा विशिष्ट भावना पलाएको छ । प्रत्येक हरफले एउटा सास बोकेको अनुभूति दिन्छ । यही कारण पुस्तक पढ्ने प्रत्येक पाठकले आफ्नै जीवनका मौन क्षणहरू, आफ्नै प्रेमका अदृश्य कम्पनहरू र आफ्नै आत्मिक पीडाहरू यसभित्र प्रतिविम्वित भएको अनुभव गर्न सक्छन् ।
लेखक दीपकृष्णले आफ्नी जीवनसाथी देवमाया लामालाई केवल पत्नीका रूपमा चित्रण गर्नुभएको छैन । उहाँलाई प्रेरणा, आत्मा र सिर्जनाको मूल चेतनाका रूपमा प्रस्तुत गर्नुभएको छ । “तिमी जो मेरी जीवनसाथी मात्र होइनौ । मेरो प्रेरणा, मेरी आत्मा र यो कृति लेख्न बाध्य तुल्याउने प्रेमको एक मात्र नाम हौ ।” भन्ने स्वीकारोक्तिले यस पुस्तकलाई सामान्य साहित्यिक सीमाभन्दा धेरै माथि उठाएको छ । आधुनिक विश्व साहित्यमा प्रेमलाई अनेक रूपले चित्रण गरिए पनि यति गहिरो आत्मिक समर्पण दुर्लभ मानिन्छ । यही भावले “अद्वितीय प्रेम” लाई विश्व साहित्यको सम्भावित कालजयी कृतिका रूपमा स्थापित गरेको छ ।
पुस्तकका विभिन्न अंशहरूमा व्यक्त गरिएका भावनात्मक उद्गारहरूले पाठकलाई आत्माको अत्यन्तै संवेदनशील संसारमा पु¥याउँछन् । “जीवनको हरेक मोडमा तिमी मेरा लागि आकाशको जुनजस्तै बनी उभिएकी छौ । टाढा तर प्रकाश दिने ।” भन्ने भावले दूरीभित्र पनि प्रेम कसरी जीवित रहन्छ भन्ने सत्यलाई अत्यन्त मार्मिक ढङ्गले प्रस्तुत गरेको छ । देवमायाले दिएको विश्वास, मौन साथ र नबोलेर पनि व्यक्त गरेका हजारौं भावहरू नै यस कृतिको आधारस्तम्भ बनेका छन् । यही कारण पुस्तकका हरेक पृष्ठमा कहिले प्रिय नाम, कहिले आर्त चीत्कार, कहिले मायालु दृष्टि र कहिले बिछोडको पीडा जीवन्त भएर प्रकट भएको देखिन्छ ।
विश्व साहित्यका महान् कृतिहरूले समयलाई जित्ने क्षमता राख्छन् । ती कृतिहरूले मानव आत्माको गहिरो सत्यलाई स्पर्श गरेका हुन्छन् । “अद्वितीय प्रेम” पनि त्यही उचाइतर्फ उन्मुख देखिएको छ । नेपाली भाषामा लेखिएको भए पनि यसको संवेदना विश्वव्यापी छ । यसले भाषा, भूगोल र संस्कृतिका सीमाहरू पार गर्दै प्रेमलाई मानव सभ्यताको साझा अनुभूतिका रूपमा स्थापित गरेको छ । साहित्यिक समीक्षकहरूले यसको भाषिक सौन्दर्य, भावगाम्भीर्य र आत्मिक प्रवाहलाई अन्तर्राष्ट्रिय स्तरको दुर्लभ अभिव्यक्तिका रूपमा मूल्याङ्कन गर्न थालेका छन् ।
कृतिको अन्त्यतिर अभिव्यक्त गरिएका शब्दहरूले प्रेमको अनन्तता र अस्तित्वगत अपरिहार्यतालाई अत्यन्त प्रभावशाली ढङ्गले पुष्टि गरेका छन् । “तिमी छौ, त्यसैले म छु । तिमी बिना यो पुस्तक सम्भव थिएन किनभने म लेखिरहेको थिएँ, तर कलम त तिमी नै थियौ ।” भन्ने अभिव्यक्तिले प्रेमलाई अधिकारको सीमाबाट मुक्त गर्दै श्रद्धा र आत्मसमर्पणको सर्वोच्च उचाइमा पु¥याएको छ । “सदा तिमीलाई नै समर्पित । तिमीलाई साँचो र अद्वितीय प्रेम गर्ने । तिम्रो श्रीमान् दीपकृष्ण ।” भन्ने समापनले पाठकको हृदयमा दीर्घकालसम्म अमिट छाप छोड्ने शक्ति राख्दछ ।
समग्रमा “अद्वितीय प्रेम” आधुनिक नेपाली साहित्यको मात्र होइन, विश्व प्रेम साहित्यकै एउटा महत्त्वपूर्ण उपलब्धिका रूपमा देखा परेको छ । यसले प्रेमलाई भौतिक आकाङ्क्षाभन्दा माथि उठाएर आत्मिक अमरतासँग जोडेको छ । दीपकृष्णको कलमबाट जन्मिएको यो कृति भावनात्मक गहिराइ, भाषिक सौन्दर्य र आत्मिक अनुभूतिको अनुपम संगम बनेर उभिएको छ । यही कारण “अद्वितीय प्रेम” लाई प्रेमको इतिहासमा कहिल्यै नमेटिने स्वर्णिम दस्तावेजका रूपमा स्मरण गरिने विश्वास साहित्यिक वृत्तमा गहिरिँदै गएको छ ।
