नागरिक उड्ययन प्राधिकरणको डिजीमा डंगोल

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले मुकेश डंगोललाई नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक (डिजी) पदमा ४ वर्षका लागि नियुक्त गरेको छ । नागरिक उड्डयन प्राधिकरणका तात्कालिन महानिर्देशक प्रदीप अधिकारीलाई पोखरा विमानस्थल र काभ्रे हेलिप्याड निर्माणस्थलमा भ्रष्टाचार मुद्दा लागेपछि अधिकारीलाई निलम्वन गरिएको थियो ।
महानिर्देशक पदका लागि खुला गरिएको आवेदनमा २१ जनाले निवेदन दिएका थिए । नागरिक उड्डयन प्राधिकरणकै वरिष्ठ उपमहानिर्देशकद्वय प्रेमनाथ ठाकुर र जगन्नाथ निरौलाले पनि भाग लिएका थिए । उनीहरु दुबैजना छनौट प्रकृयामा पर्न सकेनन् । त्यसमध्ये ठाकुर २०७८ सालमै तात्कालिन मन्त्री प्रेमबहादुर आलेको पालामा वरिष्ठताको हिसाबले निमित्त महानिर्देशक भैसकेका थिए । उमेरहदका कारण तात्कालिन डिजी राजकुमार क्षत्रीको अवकाशपछि ठाकुरलाई पछि पार्दै अधिकारी डिजी बनेर क्यानमा ब्रम्हलुट मच्याउन सफल भएको जानकारहरुले बताएका छन् । उनका कर्तुतहरु विभिन्न सञ्चारमाध्यमहरुले छताछुल्ल गरी सकेका छन् । उनले बाबाको आडमा अख्तियार प्रमुखलाई सिध्याउन मोटो रकम अफर गरेको समाचार प्रकाशित भैसकेको छ ।
यता, जेनजी नेतृत्वको सरकारका नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले क्यानकै वरिष्ठ डिजी देवचन्द्रलाल कर्णलाई का.मु.महानिर्देशक बनाउन निकै प्रयत्न गरेका बताइएको छ । तात्कालिन प्रधानमन्त्री सुशीला कार्कीका सहयोगी आदर्शकुमार श्रेष्ठको बार्गेनिङका कारण उक्त प्रयत्न सफल हुन नसकेको स्रोतले बताएको छ । नागरिक उड्ययन प्राधिकरणको महानिर्देशक बन्न आठदेखि १२ तहसम्मका व्यक्तिहरुले प्रतिस्पर्धा गरे पनि प्राधिकरणभित्र सक्षम पात्र फेला नपरेपछि मन्त्रालयका सहसचिव (प्रशासन) मुकेश डंगोलले बाजी मारेका चर्चा छ ।
डिजी डंगोल नागरिक उड्ययन प्राधिकरणमै एयर ट्राफिक कन्ट्रोलर (एटीसी) हुँदै मन्त्रालयमा सहसचिवमा कार्यरत रहेका थिए । सामान्य प्रशासन मन्त्रालयमा कार्यरत रहेको अवस्थामा तात्कालिन खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारका पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन मन्त्रालयमा ल्याएका स्रोतले बताएको छ ।
यता अन्तर्वार्ता छनौट समितिमा मन्त्रालयका सचिवले नै अन्य पात्रहरुलाई भन्दा मन्त्रालयकै प्रशासन शाखाका सहसचिव डंगोललाई रोजेको सिंहदरबारभित्र चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *