उमेरहदले सडक विभाग खाली हुने

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ सरकारले ५५ वा ३० वर्ष सेवा गरेका राष्ट्रसेवक कर्मचारीहरुलाई अवकाश दिने तयारी गरेपछि कर्मचारी वृत्तमा तरंगित बन्न पुगेको छ । संघीय निजामती सेवा विधेयकको मस्यौदामा ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा गरेका निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानले १५ हजार कर्मचारीलाई चालू आर्थिक वर्षभित्रै विदा दिने तयारीमा सरकार जुटेको छ ।
यो प्रावधानले पूर्वाधार विकास मन्त्रालयअन्तर्गत गर्ने सडक विभागमा आधादर्जन सुपरिटेण्डेन्ट इन्जिनियर (सुइ) र करिव १ दर्जन बढी सिडिई (सिनियर डिभिजनल इन्जिनियर) हरु घर जाने (अवकास) बताइएको छ । जसअनुसार सुईहरुमा ई. उमेशविन्दु श्रेष्ठ, हरिकुमार पोख्रेल, राजेश पौडेल, विनोद मौवार, रामहरि पोख्रेल र अर्जुन अर्याल रहेका छन् । श्रेष्ठले २०५३ मा जागीर शुरु गरेकाले ३० वर्षले, हरिकुमार २०५२ मा जागीर शुरु गरेकाले र जन्ममिति २०२५ का कारण दुबैले, पौडेल जागीर २०५५ का कारण अवकासमा पुग्ने बताइएको छ । यसैगरी अर्याल २०२८ जन्ममितिका कारण ५५ ले, रामहरि पोख्रेल जन्म मिति २०२८ को कारण ५५ वर्ष पुगेकाले र विनोद भौवार जन्म मिति २०२७ तथा जागिर २०५३ मा शुरु गरेकाले अवकाश हुने सडक विभाग श्रोतले जानकारी दिएको छ ।
यसबाहेक २०४६ मा ओभरसियरबाट जागीर शुरु गरेका सिडिई सुवोध देवकोटा (हाल सडक डिभिजन काठमाडौंमा कार्यरत), गुरुप्रसाद अधिकारी (सडक डिभिजन हेटौंडा) गोपाल खकुरेल (ललितपुर सडक), रामबहादुर गुरुङ, निरज शाक्य, होमबहादुर आरसी लगायत करिव १ दर्जन बढी सिडिईहरु पनि घर जाने बताइएको छ ।
यसरी बुढा सुईहरुको अवकाश हुने भएपछि सडक विभागमा युवापुस्ताका क्षमतावान् सुईहरु चुडाराज ढकाल, शुभराज न्यौपाने, प्रभातकुमार झा, नरेन्द्र सुवेदी, ज्ञानेन्द्र झा, विजय महतो, धर्मेन्द्र झा र श्यामबहादुर खड्का, कुवेर नेपालीलगायतका सुईहरु बाँकी रहने बताइएको छ ।
सडक विभागमा ठूलो संख्यामा सुईहरुको अवकाश हुँदा महत्वपूर्ण महाशाखा खाली हुने अवस्था आउनेछ । आर्थिक वर्ष समाप्त हुन १ महिना मात्र बाँकी रहँदा अब हुने सुईहरुको सरुवामा हाल एडीबी निर्देशनालयमा कार्यरत ढकाल, विभागको योजना महाशाखा, संघीयका न्यौपाने एडीबीमा सरुवा हुने चर्चा चलेको छ । ढकालले दाउन्ने सडकको, नारायण–बुटवल खण्ड, मुग्लिन–पोखरा सडक खण्ड सम्पन्न गरी कमला–कञ्चनपुर सडकलाई तीब्र गतिमा अघि बढाएको जानकारहरुले बताएका छन् ।
यता, संघीय निजामती ऐनका कारण पूर्वाधार सचिव गोपाल सिग्देल पनि अवकाश हुने भएपछि सडक विभागको महानिर्देशक बन्नै नपाई मन्त्रालयमा थन्क्याइएका ई. भीमार्जुन अधिकारी सचिव बन्ने संभावना रहेको मन्त्रालय श्रोतले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *