कहीँ नभाको जात्रा सार्वजनिक

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ गायिका मेलिना राई र गायक सियोन महर्जन -क्षितिज) को युगल श्वरमा सजिएको नयाँ गीत …कहीँ नभाको जात्राÚ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा मुख्य कलाकारका रूपमा सियोन महर्जन र खुसी कार्की रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् ।
गीतमा शब्द तथा संगीत योगेन्द्र उपाध्यायले तयार गरेका हुन् । रेकर्डिङको जिम्मेवारी शङ्कर लिम्बूले सम्हालेका छन् । यसैगरी संगीत संयोजन -अरेन्जमेन्ट), मिक्सिङ र मास्टरिङको काम विश्व अधिकारीले गरेका छन् ।
भिडियोको निर्देशन तथा कोरियोग्राफी सियोन श्रेष्ठ ले गरेका छन् । छायाङ्कन उत्सव दाहालले गरेका हुन् भने सम्पादन तथा कलर ग्रेडिङको काम मनोज कार्कीले सम्पन्न गरेका छन् । निर्माताका रूपमा डा. साइअन महर्जन रहेका छन् भने व्यवस्थापनको जिम्मेवारी निर्मल न्यौपानेले सम्हालेका छन् । भिडियोको प्रस्तुति क्षितिज महर्जनको रहेको छ । गायक सियोन महर्जन यसअघि लोकप्रिय रियालिटी शो The Voice of Nepal सिजन ७ मा टिम मेलिना बाट टप ३ फाइनलिस्टसम्म पुगेका कलाकार हुन् । उनको आधिकारिक युट्युब च्यानलमार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *