पूर्वाधार विकास मन्त्रालयमा सुईहरु रित्तिँदै

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ प्रधानमन्त्री बालेन्द्र शाह -बालेन) नेतृत्वको सरकारले तात्कालीन भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र खानेपानी मन्त्रालयलाई गाभेर एउटै मन्त्रालय बनाएको छ । संगठनको व्यवस्थापन सर्वेक्षण नहुँदा आ–आफ्नै संरचना अन्तर्गत काम गरिरहेका छन् । यी तीनवटै मन्त्रालयको जिम्मेवारी मन्त्री सुनिल लम्सालले सम्हालिरहेका छन् भने सचिवमा गोपाल सिग्देल र विश्वबाबु पुडासैनी कार्यरत छन् ।

विकासे मन्त्रालयका रुपमा चिनिने पूर्वाधार विकास मन्त्रालय हाल बहुचर्चित निजामती विधेयक ३० वर्ष वा ५५ वर्ष उमेर हदका कारण सहसचिव तह -सुई) हरु अवकाश हुने भएपछि रित्तिने अवस्थामा पुगेका छन् । पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका भौतिक शहरी विकास र खानेपानीबाट गरी करिव १६ जना सुईहरु घर जाने भएका छन् । यसअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र विभागका ई. उमेश विन्दु श्रेष्ठ -मन्त्रालय) हरिकुमार पोख्रेल -महानिर्देशक रेल विभाग) र विनोद मौवार संघीय सुपरिवेक्षण तथा अनुगमन कार्यालय पूर्वाञ्चल रहेका छन् । सुईद्वय रामहरी पोखे्रल र अर्जुन अर्यालको नाम पनि चर्चामा छ ।

यसैगरी खानेपानी मन्त्रालय अन्तर्गत नारायण आचार्य उपमहानिर्देशक खानेपानी तथा ढल विभाग, बासु पौडेल प्रदेश सचिव लुम्बिनी र मिना श्रष्ठ राष्ट्रिय खानेपानी तथा सरसफाई अनुसन्धान, नव प्रवद्र्धन क्षमता विकास केन्द्र नगरकोट रहेको समाचार श्रोतले बताएको छ । यता, शहरी विकास मन्त्रालय अन्तर्गत ठूलो संख्या -९ जना) सुईहरु अवकाश हुने बताइएको छ भने डोलीडारका पनि अवकाश हुने श्रोतले जानकारी दिएको छ । ५५ वर्ष उमेरहदले अवकाश हुने शहरी विकास मन्त्रालय र शाहरी तथा भवन निर्माण विभागका सुईहरुमा रविन्द्र बोहेरा महानिर्देशक शहरी विकास तथा भवन निर्माण विभाग, मोचाकाजी महर्जन– एकीकृत बागमती गुहेश्वरी, पदम मैनाली पूर्व महानिर्देशक भवन विभाग, नारायण भण्डारी, चक्रवर्ती कष्ठ, प्रकृण तुलाधर, नवराज प्याकुरेल, दिलिप भण्डारी र सुमन शालिके रहेको मन्त्रालय श्रोतले जानकारी दिएको छ ।

शहरी विकास मन्त्रालय अन्तर्गतको भवन निर्माण विभागका महानिर्देशक बोहरा, एकीकृत बागमतीका महर्जन र हाल संघीय संसद भवन निर्माणको जिम्मेवारी हेर्ने कष्ठलाई आर्थिक चलखेल गर्न खप्पिस खेलाडीका रुपमा चिनिने जानकारहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *