कोशीको बजेट यस्तो आयो

Nayabimarsha (Weekly Newspaper from Nepal)

पिएमणि भट्टराई

विराटनगर / कोशी प्रदेश सरकारले असार १ गते आर्थिक बर्ष २०८३/०८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाखको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङथेपले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी बजेट कार्यान्वयनको सम्बन्धमा छलफल गरेका हुन् ।
यस बर्ष उनले चालु खर्च घटाएर पूँजीगत खर्चलाई प्राथमिकता दिएका छन् । उनले यस बर्ष २० अर्ब ७५ करोड ९९ लाख रुपियाँ अर्थात ५१.३२ Ü पु¥याएका छन् । उनले अहिलेको बजेट कार्यान्वयनमा ठूलो चुनैती रहेको जनाएका छन् । यस पटक बजेट सन्तुलन गरी आएको बताइएको छ । जनसंख्याको आधारमा भूगोलको आधारमा बजेट कार्यान्वयन हुने दाबी उनले गरे । बजेटको स्रोत व्यवस्थापनमा ५ अर्ब ५० करोड राजश्व उठाउनु पर्नेमा उनले जोड दिएको बताए ।
आर्थिक विकास, रोजगारी सिर्जना, समन्यायिक वितरण, गरिबी न्यूनीकरण, दिगो पूर्वाधार विकासलाई केन्द्रमा राखी यो बजेटले करिब ५Ü को आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको जनाए । अर्थमन्त्रीले २०८३ श्रावणदेखि २०८५ असारसम्म कोशी प्रदेश भ्रमण सञ्चालन गर्ने,प्रमुख राजमार्गसँग जोडिएका शहरहरुमा उज्यालो शहर कार्यक्रम, जनताको जलविद्युत्त कार्यक्रम, प्राविधिक शिक्षामा युवालाई आकर्षित गर्ने, छोरीको शिक्षाका लागि सक्षम छोरी कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । त्यस्तै प्रदेश मातहतका अस्पताललाई ५० शैया स्तरोन्नति गरिने र प्रमुख अस्पतालमा आइसीयू सेवासहित रेफरल अस्पताल बनाइने बजेटको योजना रहेको उनले जनाए ।
समग्रमा यस बजेटले कुषि तथा औद्योगिक उत्पादनमा वृद्धि, पर्यटन प्रवद्र्धन, गुणस्तरीय स्वास्थ्य सेवा र दिगो पूर्वाधार निमार्ण गर्दै प्रदेशको अर्थतन्त्रलाई सफल बनाउने लक्ष्य राखेको उनले जनाए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *