इनरुवा नगरपालिकाले ल्यायो ९६ करोड ६७ लाखको बजेट

Nayabimarsha (Weekly Newspaper from Nepal)
पिएमणि भट्टराई

इनरुवा/ इनरुवा नगरपालिकाले आगामी आर्र्थिक बर्ष २०८३/०८४ का लागि रु.९६ करोड ६७ लाख ४५ हजार ५ सय १२ को अनुमानित बजेट पेश गरेको छ । बुधबार आयोजित नगरपालिकाको १७ औं नगर सभाको अधिवेशनमा उप प्रमुख विनिता मेहताले सो अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।
इनरुवा नगरपालिकाको आन्तरिक श्रोत, संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदान, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँड, विभिन्न अनुदान र चालु बर्षको बैंक मौज्दातबाट व्यवस्थापन हुने गरी विनियोजन गरिएको मेहताले बताइन् । बजेट प्रस्तुत गर्दै उपप्रमुख मेहताले आगामी आर्थिक बर्षको बजेटमा पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा नगरको सरसफाई, कृषि पर्यटन र नगरका गौरवको आयोजनाहरुलाई प्राथमिकतामा राखेको बताइन् ।
कार्यक्रममा नगर प्रमुख केदार भण्डारीले चार बर्षको आफ्नो कार्यकालमा इनरुवाले विकासमा लामो फड्को मारेको बताए । उनले फाहोर मैलाको व्यवस्थापन, वडा कार्यलयहरुको निर्माण, स्वास्थ चौकीको निर्माण, कृषि क्षेत्र लगायत खानेपानीको व्यवस्था भएको जनाए । नगरसभा इनरुवाका नगर प्रमुख भण्डारीको अध्यक्षतामा भएको थियो । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत भाष्कर दाहाल, शिक्षाका प्रमुख डिल्लीराज निरौला, नगरकार्यपालिकाका सदस्यहरु, १० वटै वडाका अध्यक्षहरु वडा सदस्य र नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *