गायिका ईश्वरी बराल यमन ग्लोबल अवार्ड

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ गायिका ईश्वरी बराल यमन ग्लोबल म्युजिक अवार्ड २०८३ बाट बिजेता बनेकी छिन् । बराल अवार्डको उत्कृष्ट पाँचमा पर्दै विजेता बन्न सफल भएकी हुन् ।
उनको चर्चित गीत खानदानी छोरीले अवार्ड प्राप्त गरेको हो । गायन र नृत्यसँगै लामो समयदेखि पत्रकारिता क्षेत्रमा पनि सक्रिय बरालका खानदानी छोरी………., नरिसाउन होई………, माया छ कि छैन……, दही दिन्छु, मोही दिन्छु…… लगायत गीत चर्चामा छन् ।
निरन्तरको मेहनत र सक्रियताका कारण बरालले गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी छिन् । यमन ग्लोबल म्युजिक अवार्ड २०८३ को सफलताले कलाकारिता यात्रामा थप उत्साह र नयाँ अवसरको बाटो खुलेको भन्दै गायिका बराल उत्साहित छिन् ।
गीतसंगीत, चलचित्र, कला, साहित्य तथा पत्रकारिता क्षेत्रका स्रष्टा, कलाकार र सञ्चारकर्मीलाई सम्मान तथा अवार्ड प्रदान गर्दै …यमन ग्लोबल म्युजिक अवार्ड–२०८३Ú को पहिलो संस्करण सम्पन्न भएको हो । यमन इन्टरटेन्मेन्ट प्रा.लि.को आयोजनामा गत शनिबार काठमाडौंको नयाँबानेश्वरस्थित आइएनआइ सिनेमाहलमा आयोजित समारोहमा विभिन्न विधामा योगदान पु¥याउने स्रष्टा तथा कलाकारलाई सम्मान र पुरस्कार प्रदान गरिएको हो ।
सम्बाहाम्फे प्रपर्टी डेभलपर्स प्रा.लि.का अध्यक्ष पूर्णबहादुर सम्बाहाम्फेको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा सुष्मा प्रोडक्सन ग्लोबल, सिक्किमकी सञ्चालक सुष्मा गुरुङ विशेष अतिथिका रूपमा सहभागी थिइन् ।
समारोहमा वरिष्ठ गायिका तारा थापालाई …दीर्घसाधना सम्मानÚ प्रदान गरिएको थियो । लामो समयदेखि नेपाली गीत–संगीत क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै थापालाई उक्त सम्मान प्रदान गरिएको कार्यक्रम संयोजक तारावीर पाण्डेले बताए । यस्तै, महाकाव्यकार खेमनाथ दाहाललाई …महाकाव्य साधना सम्मानÚ प्रदान गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ गीतकार अम्बिका गुरुङ, गायिका मिलन नेवार, राजनराज सिवाकोटी, फुर्बा खाण्डु गुरुङ, प्रेमचन्द्र गुरुङ, रिकी लेप्चा, सविना भण्डारी, खिमानन्द आचार्य, शीतल कात्मविनी, शिव पराजुली, सुशील नेपाल, तुलसी बास्कोटा, शर्मिला गौतम र सोमराज तामाङलगायतलाई विशेष सम्मान गरिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *