नापी विभागमा महानिर्देशक परिवर्तन

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको मन्त्रीस्तरीय निर्णय अनुसार गत असोज २६ गते नापी विभागका महानिर्देशक प्रकाश जोशीलाई मन्त्रालय सरुवा गरिएको छ ।
नापी विभागको महानिर्देशकमा विभागकै उपमहानिर्देशक करुण केसीलाई जिम्मेवारी दिइएको छ । नवनियुक्त महानिर्देशक केसीले असोज २८ गते पद बहाली गरेको समाचार श्रोतले जानकारी दिएको छ । नापी विभागमा जोशीले २ पटक गरी ६ वर्ष भन्दा बढी समय विताएका थिए । त्यसैगरी ६ वर्ष भन्दा बढी समय विभागको स्थलरुप महाशाखा र पछिल्लो समय २ महिना कित्ता नापीमा कार्यरत केसीले विभागको नेतृत्व सम्हाल्ने अवसर पाएको अवस्था छ । उनको कार्यकाल कसरी अगाडि बढ्छ त्यो भविष्यले नै बताउने छ तर विभागमा लामो समय विताएका जोशीलाई भने पछिल्लो पटक ८५७ कर्मचारीमध्ये नापी अधिकृत १०३ जना, सर्वेक्षक ४९८ जना र २५६ जना अमिनहरुको सरुवा गर्दा मापदण्ड विपरित चलखेल गरेको आरोप लगाइएको छ । सरुवामा कर्मचारीहरुबाट व्यापक पक्षपात भएको गुनासो आएपछि मन्त्री रावलले जोशीलाई मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरेको समाचार श्रोतले बताएको छ ।
यता नापी विभागले गरेको सरुवाप्रति असन्तुष्टि भए प्रमाणसहित गुनासो पेस गर्न विभागले आग्रह गरेको छ । धेरै खाएपछि गुँड पनि तितो हुन्छ भन्ने कुरालाई आधार मान्ने हो भने महानिर्देशक जोशीको लामो कार्यकालको उपज हुन सक्ने र विभागका विभिन्न समूहहरुको दबाबले पनि काम गरेको हुनसक्ने श्रोतको कथन छ । आरोप जे–जस्तो लगाइए पनि जोशी क्षमतावान् र फूर्तिला एवं सबैलाई मिलाउन सक्ने खुबी भएका महानिर्देशक भएको सरोकारवालाहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *