ग्याब्रियलको विक्री बढाइने

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ ग्याब्रियल इन्डियाको नेपालका लागि आधिकारिक वितरक एसडीआई अटोमोबाइल्स प्रा.लि.ले ‘कस्टमर मिट’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा देशभरका रिटेल व्यवसायीहरुको सहभागिता थियो । सो अवसरमा ग्याब्रियल इन्डिया लिमिटेडका सीओओ अमिताभ श्रीवास्तवले नेपाली बजारमा हाल उपलब्ध ग्याब्रियलका उत्पादनको बिक्री आगामी दुई वर्षपश्चात तेब्बर बनाउने लक्ष्य रहेको बताए ।
आगामी दिनमा ग्राहकका लागि थप गुणस्तरीय सामग्री उपलब्ध गराउने प्रतिबद्धता पनि उक्त अवसरमा राखियो । नेपाली बजारलाई कम्पनीले विशेष प्राथमिकता दिएको बताउँदै ग्याब्रियल इन्डियाका जनरल म्यानेजर एसके रमनले नेपालमा ग्याब्रियलका स्पेयर पार्ट्स आगामी दिनमा अझै प्रयोगमा आउने र यसका लागि कम्पनीले सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । एसडीआई अटोमोबाइल्सका चेयरम्यान दीपेन्द्र मिश्र र डाइरेक्टर सञ्जिव हमालले सबै रिटेलरहरुलाई स्वागत गर्दै आगामी दिनमा एक अर्कामा सहयोग कायमै रहने विश्वास व्यक्त गरे ।
नेपाली बजारमा ग्याब्रियलका सक एब्जर्बर, फ्रन्ट फोर्क्स, इनर ट्युब, फ्रन्ट फोर्क्स आयल, आयल सिल, एफएफ स्प्रिङ, बुस्किट, ओसी स्प्रिङ, ह्विल रिम, ब्रेक फ्लुइड आदि उपलब्ध रहेका बताइएको छ । ग्याब्रियल भारतमा आनन्द ग्रुपको एक हिस्सा हो । सन् १९६१ मा ग्याब्रियलबाटै आनन्द गु्रपको व्यवसाय प्रारम्भ भएको थियो । त्यो समयमा एक कम्पनी र वार्षिक टर्न ओभर एक करोड हुने गरेकोमा सन् २०२१ सम्मको अवधिमा २० कम्पनी र १३ हजार करोडको टर्न ओभर हुने गरेको बताइको छ ।
पहिले महाराष्ट्रमा मात्र प्लान्ट रहेकोमा अहिले ६० स्थानमा प्लान्ट उपलब्ध छन् । पहिले सक एब्जर्बरको मात्र व्यवसाय भएकोमा अहिले यस्ता २५ पार्ट्सको व्यवसाय गरिरहेको छ । पहिले एक राज्यमा मात्र व्यवसाय भएकोमा अहिले ११ राज्यमा छन् । पहिले कम्पोनेन्ट म्यानुफ्याक्चरर रहेकोमा अहिले सिष्टम सप्लायर समेत भएको छ । विश्वमा यो कम्पनी हाल आठौं नम्बरमा रहेको दाबी गरिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *