उपभोक्ता महासंघमा नयाँ अनुहार

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौ/ ‘कालोबजारी, गुणस्तरहीन बस्तु तथा सेवाको पूर्ण निस्कृयता, उपभोत्ताको हक हितको लागि जनस्तरको खबरदारी हाम्रो प्रतिबद्धता’ भन्ने मुख्य नारासहित स्थापित नेपाली उपभोक्ता संरक्षण महासंघले पूर्णता पाएको छ ।
महासंघको सोमबार बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गरेपछि पूर्णताको अवस्था आएको हो । गत साउन २६ गते सम्पन्न अधिवेशनबाट चन्द्र साउदको नेतृत्वमा ४३ सदस्य नयाँ कार्यसमिति तीन बर्षको लागि निर्वाचित भएको छ । निर्वाचित सदस्यहरुबाट पदाधिकारी चयन गरिएको नवनिर्वाचित उप महासचिव लुमडीबहादुर कार्कीले जानकारी दिएका छन् ।
महासंघको अध्यक्षतामा चन्द साउद, वरिष्ठ उपाध्यक्षमा इन्द्रराज भट्टराई उपाध्यक्षमा लक्ष्मी शर्मा, मनोज अधिकारी, सुमन लामा, सुरेन्द्र जोशी, अर्जुन श्रेष्ठ, अर्जुन खड्का र अजय महतोलाई जिम्मेबारी दिएको छ । यसैगरी उपमहासचिवमा लुमडीबहादुर कार्की र सोनाम लामा तथा सचिवमा उज्जल श्रेष्ठ, विजय गौतम, समिर राना, सोबितमान गिरी, रोहितबहादुर खत्रीलाई चयन गरिएको छ । कोषाध्यक्षमा रोयक्क्षा के.सी.लाई चयन गरिए पनि महासचिव र सहकोषाध्यक्ष भने चयन हुन बाँकी रहेको बताइएको छ । महासंघको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको उद्घाटन महानायक राजेश हमालले गरेका थिए ।
सो अवसरमा अध्यक्ष चन्द्र साउदले नेपालको कालोबाजारी, भ्रष्टाचार, गुणस्तरहीन अखाद्य–बिषादी बस्तुको निर्मूलीकरण गरी सर्व–साधारणको चुल्होमा स्वस्थ खाना र जीवनमा स्वस्थता ल्याउन महासंघले अल्पकालिन र दीर्धकालीन कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *