मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ मिदास टेक्नोलोजीले राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौँ र हेटौंडा अस्पतालको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा शुरु गरेको छ । यो सेवापछि अस्पतालमा जचाउन बिहानैदेखि घण्टौँ लाइनमा बसेर पाउने सास्तीबाट विरामीवर्गले छुटकारा पाउने छन् । यो सेवा स्वास्थ्यक्षेत्र अन्र्तगतमा मिदास टेक्नोलोजी सफ्टवेरमार्फत शुरु गरिएको जनाइएको छ ।
बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र शुल्क भुक्तानी गर्न सक्षम हुने हुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्ने बताइएको छ । यसले समयको पनि वचत हुनेछ । विश्वमा जारी कोरोना महामारीको समयमा यो सेवा झनै बढी प्रभावकारी हुने विश्वास लिइएको छ ।
यो सेवा हाललाई टिचिङ अस्पताल, वीर अस्पताल, सिभिल सर्भिस अस्पताल, मनमोहन कार्डियो, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा यो सेवा उपलब्ध रहेको बताइएको छ । यसैगरी मिदास टेक्नोलोजीले उपलब्ध गराइएका सफ्टवेर प्रयोगकर्ता माझ अन्य सरकारी तथा निजी अस्पतालहरुले समेत दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ ।
मिदास टेक्नोलोजी स्वास्थ्य सूचना प्रविधिको क्षेत्रमा एक विश्वसनीय कम्पनी हो । विगत दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्ने कार्यमा मिदासले अग्रणी भूमिका खेल्दै आएको बताइएको छ । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) को आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन पूर्ण रूपमा डिजिटलाइज गर्न प्रविधिको विकास गरेको दाबी गरिएको छ । मिदासले देशभरका एक सय ७० भन्दा बढी अस्पतालहरूलाई व्यवस्थापन पद्वतिमा सहयोग गर्दै आइरहेको बताइएको छ ।
हाल, मिदास टेक्नोलोजीले मेरो डाक्टर मोबाइल एप तथा वेभ (merodoctor.com) मार्फत अनलाइन टेलिमेडिसन सेवासमेत प्रदान गर्दै आइरहेको छ । मेरो डाक्टर मोबाइल एप तथा वेभ (merodoctor.com) मार्फत उपलब्ध केही पूर्णकालीन चिकित्सकहरुसँग बिरामीले दैनिक रुपमा बिहान ७ः०० बजेबाट राति ९ः०० बजेसम्मको समयमा तत्काल निःशुल्क परामर्श लिन सक्ने पनि जनाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *