निर्वाचन बहिस्कार गर्ने दलहरु

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ यहि मंसिर ४ गते हुने भनिएको निर्वाचन बहिस्कार घोषणा गरेर चार वामपन्थी राजनीतिक दलले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । बहिस्कार घोषणा गरेका नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत), नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालले सोमबार संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
उनीहरुको विज्ञप्तीमा महंगी, बेरोजगारी, उपभोग्यबस्तुको अभाव, भ्रष्टाचार, कोभिड, डेंंगुलगायतका रोगव्याधी झेलिरहेका नेपाली जनतामाथि थोपरिएको भन्दै निर्वाचन बहिष्कार घोषणा गरेका हुन् । असोज २३ गते चितवनमा, असोज २५ गते जनकपुरमा, असोज ३१ गते विराटनगरमा, कात्तिक २ गते पोखरामा, कात्तिक ४ गते बुटवलमा संघर्षको कार्यक्रम गर्ने बताइएको छ । यसैगरी कात्तिक १७ गते सुर्खेतमा, कात्तिक १९ गते धनगढीमा र कात्तिक २३ गते काठमाडौँमा संघर्षका कार्यक्रम गर्ने उनीहरुले घोषणा गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *