बागमतीमा कांग्रेसले ४३ सिट पाउने

Nayabimarsha (Weekly Newspaper from Nepal)

हेटौंडा/ नेपाली कांग्रेस बागमती प्रदेशमा कति सिट पाउला भनी यस क्षेत्रमा चासो छाएको छ । यस क्रममा कांग्रेसका बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले प्रतिनिधि सभा र प्रदेशमा कांग्रेसले ४३ सिट पाउने अवस्था रहेको जानकारी गराएका छन् ।
बागमती प्रदेशमा कांग्रेसको अवस्था एक नम्बरमा भए पनि गठबन्धन गर्नुपर्ने बाध्यता रहेको उनले बताए । काठमाडौंको तारकेश्वर नगरपालिकामा आयोजित कांग्रेसको कार्यक्रममा बानियाँले बागमती प्रदेशका प्रदेश निर्वाचन क्षेत्रमा ६६ रहेकोमा ४३ वटा प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसको दाबी रहेको बताए । यसैगरी सो प्रदेशमा नेकपा (माओवादी केन्द्र) ले १५ वटा र नेकपा (एकीकृत समाजवादी) को नौवटा प्रदेश सांसद रहेको उनले बताए । गठबन्धनलाई जिताउने हो भने जित्ने ठाउँमा मात्रै लिन आग्रह गरिएको बानियाँले बताए ।
बागमती प्रदेशमा ३३ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा माओवादीले जितेको जम्मा सातवटा रहेको बानियाँले बताए । यसैगरी एकीकृत समाजवादीले तीनवटा लिने र माओवादी केन्द्रले पनि सातवटा लिने । बाँकी रहेका २१ वटा कांग्रेसले लिने गरेर जानुपर्ने कुरामा बानियाँले जोड दिंदै भने जे जति लिइन्छ ती क्षेत्रमा गठबन्धनका उम्मेदवारले सानदार जित निकाल्ने गरी लिनुपर्ने आजको आवश्यकतालाई सबैले बुझ्नुपर्ने बताए ।
जसपाले काठमाडौंको क्षेत्र नम्बर ७ र ८ मागेको जानकारी दिंदै मिलाएर जानुपर्ने भएकाले कांग्रेसले जितेको ठाउँ सुरक्षित राखेर प्रदेशमा १÷२ वटा थपिन सक्ने बताए । जित्न नसक्ने ठाउँमा दाबी नगर्न गठबन्धनका अन्य दललाई आग्रह गरिएको सभापति बानियाँले बताए । गलत कार्य गर्ने र जनतालाई भ्रम सिर्जना गर्ने कम्युनिष्टका बीचमा त्यसमा विशेष गरेर एमाले, भ्रम सिर्जना गर्ने, जनतालाई लोभ बाँड्न, सुखी नेपाली, समृद्ध नेपाल भन्ने, कागज र कुरामा तर, व्यवहारमा छैन भन्दै उनले एमालेको भ्रममा नपर्न जनतालाई आग्रह पनि गरे ।
एमसीसी ल्याएर कांग्रेसले आर्थिक रुपमा बलियो बनाएको दाबी गरिएको सो कार्यक्रममा कांग्रेसका नेताहरू भीमसेनदास प्रधान, कृष्णसबुज बानियाँ, निमा लामालगायतका नेता कार्यकर्ताले सम्बोधन गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *