आइएमई साथैमा, मोबाइल हातैमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ / दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै संचालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी दसैँ अफर अन्तर्गत पाँचौँ र छैठौँ हप्ताका विजेता सार्वजनिक गरेको छ ।
फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार कुवेत र संयुक्त अरव इमिरेट्सबाट आइएमई मार्फत पैसा पठाउने सेवाग्राहीहरू क्रमशः सान्त्वना धोधरी र जीतमान गोम्बो तामाङ्ग पाँचौं हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन् । त्यस्तै पदमकुमारी विक र किशोर तामाङ्ग छैठौँ हप्ताको लागि साप्ताहिक विजेता छनोट भएका छन् । उनीहरूले क्रमशः ओमान र मलेशियाबाट आइएमई मार्फत नेपालमा रहेका आफन्तलाई यो अफर अवधिमा पैसा पठाएका थिए । चारै जना साप्ताहिक विजेताले जनही रू. २५ हजार प्राप्त गर्ने बताइएको छ ।
त्यस्तै सेवाग्राहीहरू अहम्मद अब्दुल्ला खामिस अल हसामी, प्रेमप्रसाद बाँस्कोटा, सविन थोप्रा, संजीवकुमार शाह, आशिष सोनाम, नइन्द्र गुरुङ र रबी बडुवाल पाँचौं हप्ताको लागि दैनिक विजेता छनोट भएका बताइएको छ । त्यसैगरी मदनलाल कालुराम, देवबहादुर बकावल, वीरेन्द्रकुमार तुम्बापो, देवलाल मेल्हे, लोक रसाइली, इर्साद अलि खान र खेमबहादुर लिम्बु छैठौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन् । उनीहरू प्रत्येकले एक÷एक सेट सामसुङ् मोबाइल फोन सेट उपहार स्वरूप प्राप्त गर्ने बताइको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *