एमाले छाडेर समाजवादीमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

बारा । नेकपा (एमाले) जीतपुरसिमरा नगर कमिटीका उपाध्यक्ष सहित दुई सय ९३ जना नेता कार्यकर्ताहरु नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेपछि सो क्षेत्रको निर्वाचन झनै रोचक मोडमा पुगेको छ । नगर कमिटीका उपाध्यक्ष वीरेन्द्र गिरी सहित उनीहरु एकीकृत समाजवादीमा प्रवेश गरेपछि सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकाहरु झनै उत्साहित भएका हुन् ।
जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरमा आयोजित प्रवेश कार्यक्रममा नेता कपुरराज पुरी, मिरा पुरी, विष्णु अधिकारी, मोजाहिर अंसारी, कवितादेवी चौधरी, कृष्णप्रसाद गुप्ता लगायतले एमाले छाड्दा सत्तारुढ गठबन्धनमै खुशीयाली छाएको थियो । उनीहरुलाई एकीकृत समाजवादीका नेता एवम् बारा क्षेत्र नं.४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णकुमार (किसान) श्रेष्ठले स्वागत गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *