घिमिरे विकेको के.सी.को आरोप

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं /काठमाडौं क्षेत्र नं.१ मा राप्रपा नेपालबाट प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवार बनेकी शान्ति के.सी.ले राप्रपा नेपालको काठमाडौं अध्यक्ष पैसामा विक्री भएको आरोप लगाएकी छिन् ।
उम्मेदवार एवम् राप्रपा नेपालकी नेतृ के.सी.ले आफ्नो दलको काठमाडौं अध्यक्ष रहेका श्याम घिमिरे नेकपा (एमाले) को उम्मेदवारसँग विक्री भएको आरोप लगाएकी हुन् । ‘नयाँ विमर्श’ सँग कुरा गर्दै उनले भनिन्, ‘राप्रपा नेपालको आफ्ना उम्मेदवारहरुलाई एमालेका उम्मेदवारलाई समर्थन गर्न दबाब दिंदै आएका घिमिरे एमालेका उम्मेदवार किरण पौडेलबाट १० लाख रुपियाँ लिएर एमालेमा प्रवेश गरेका छन् ।’ उनले भनिन्, ‘मैले समर्थन नगर्ने भनी अडान लिएको अवस्थामा मलाई ज्यान मार्नेसम्मको धम्की आएको छ ।’
राप्रपा नेपालले केही ठाउँमा एमालेसँग चुनावी तालमेल गरेको अवस्थामा काठमाडौं क्षेत्र नं.१ मा कुनै तालमेल नभएको स्पष्ट पार्दै उम्मेदवार के.सी.ले भनिन्, ‘श्याम घिमिरेको कामै जताबाट पैसा आउँछ त्यतै दगुर्ने । यसअघि राप्रपा नेपालको नाममा पैसा उठाए, पछि राप्रपा नेपालको नाममा, अहिले एमालेको पैसा खाएर हामीलाई दबाब दिंदै आएका छन् ।’ उनले एमालेबाट उम्मेदवार बनेका किरण पौडेललाई लक्षित गर्दै भनिन्, ‘मलाई उम्मेदवार फिर्ता दबाब दिने हो भने पहिले कमल थापालाई समर्थन गर्न लगाउनु, राप्रपाबाट उम्मेदवार बनेका रवीन्द्र मिश्रलाई समर्थन गर्न लगाउनु अनि मलाई भन्नु ।’ आफ्नो उम्मेदवारीबाट आफू विचलित नहुने बताउने के.सी.ले भनिन् ‘खड्गप्रसाद शर्मा ओलीलाई भेटाउने भन्दैछन् । मेरो एउटा छोरो मारिएको बेला ओली सरकार थियो, म जाहेरी दिन जाँदा जाहेरीसम्म लिइएन । त्यस्तो अन्यायी एमालेलाई मैले कुनै हालतमा पनि समर्थन गर्न सक्दिन ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *