ज्योतिषहरु आचारसंहिताको कठघरामा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपालमा रहेका तथा आफूलाई ज्योतिष भन्नेहरुलाई आचारसंहिताको दायरामा ल्याउन अनुगमन समिति गठन गर्ने निर्णय गरिएको छ । विश्व ज्योतिष महासंघका अध्यक्ष डा.लोकराज पौडेल, दक्षिण एशियाली ज्योतिष महासंघका अध्यक्ष डा.सहदेव विष्ट र नेपाल ज्योतिष परिषद्का अध्यक्ष ज्यो.माधवराज पाण्डे समेत तीनवटै संस्थाका केहि पदाधिकारीहरु समेत सम्मिलित उच्चस्तरीय संयुक्त बैठक चैत्र ८ गते बसी अनुगमन समिति गठन गर्ने निर्णय गरेको हो ।
होटल याक एण्ड यतिमा बसेको बैठकबाट हाल देशैभर रहेका ज्योतिषीहरुबाट आफ्नो पेशालाई प्रभावित पार्ने उद्देश्यले सामाजिक सञ्जाल युट्युब, फेसबुकका साथै विद्युतीय माध्यमबाटसमेत गहिरो अध्ययन र अनुसन्धान बिना जनमानसमा भ्रम सिर्जना गर्ने जस्ता कार्यहरु भैरहेका पाइएकाले अनुगमन समिति गठन गर्नुपर्ने अवस्था आएको बताइएको छ । त्यस्ता व्यक्ति वा संस्थामा कार्यरत व्यक्तिहरुलाई यथार्थमा रहनका लागि मूल्यांकन गरी आचारसंहिताको दायरामा ल्याउन नेपाल ज्योेतिष परिषद्का उपाध्यक्ष लेखनाथ न्यौपानेको संयोजकत्वमा सात सदस्यीय अनुगमन समिति गठन गरी सो समितिलाई सम्पूर्ण जिम्मेवारी दिने निर्णय भएको जनाइएको छ ।
यसैगरी उक्त बैठकले वेदशाला स्थापना गर्न पहल गर्ने निर्णय पनि गरेको छ । तीनवटैै संस्थाका अध्यक्ष र महासचिव रहेको समन्वय समिति गठन गर्ने र कुनै एक संस्थाको पदाधिकारीलाई सदस्य सचिव बनाउने निर्णय पनि गरेको छ । यस्तै, पञ्चाङ्ग निर्णय विकास समितिसँग तीनवटै संस्थाको तर्फबाट समसामयिक विषयमा छलफल गर्ने निर्णय पनि गरिएको छ ।
यसैगरी संस्थामा रहेका पदाधिकारी तथा सदस्यहरुले विधान अनुसारको जिम्मेवारी पूरा नगरी अर्को संस्थामा पद वहाली हुँदा अनिवार्य रुपमा स्वीकृति लिएरमात्रै राख्ने, हरेक तीनतीन महिनामा वा आवश्यक अनुसार समन्वय समितिको बैठक बस्ने निर्णय पनि गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *