अभियान डिजिटलको आँखा शिविर

Nayabimarsha (Weekly Newspaper from Nepal)

हेटौंडा/ व्यावसायिक क्षेत्रमा सक्रिय रहेको अभियान डिजिटल वल्र्ड प्रा.लि.ले बाराको जितपुरमा बुधबार र हिजो विहीबार आँखा जाँचको निःशुल्क शिविर चलाएको छ । वीरगञ्ज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको कम्पनीका अध्यक्ष विष्णुप्रसाद काफ्लेले जानकारी दिए ।
काठमाडौंमा दर्ता रहेर वीरगञ्जमा समेत शाखा कार्यालय खोली घरायसी प्रयोगमा आउने सामानहरुको विक्री वितरणमा केन्द्रित रहँदै आएको सो कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता सामाजिक कार्यहरु पनि गर्दै आएको काफ्लेले जानकारी दिए । उनले भने, ‘हामी व्यवसायीको धर्म व्यवसाय गर्नुमात्रै नभई समाजप्रति पनि आफूलाई सक्रिय राख्नु रहन्छ । त्यसैले हाम्रो कम्पनीले उपभोक्ताको हितलाई ध्यानमा राखी सस्तोमा गुणस्तरीय सामानहरु विक्रिवितरण मात्र गरेको छैन कि सामाजिक कार्यमा पनि आफूलाई सक्रिय राख्दै आएको छ ।’
घरायसी प्रयोगमा आउने सामानहरु जस्तैः टेलिभिजन, वासिङ मेसिनहरु उपभोक्ताको घर आँगनमा सहज रुपमा पु¥याउने कार्य उक्त कम्पनीले गर्दै आएको छ । अन्य कम्पनीहरुले नाफा बढी राख्ने गरेका कारण सामान उपभोक्तासम्म पुग्दा महंगो पर्ने गरेका कारण यो कम्पनीले उपभोक्ता लक्षित विभिन्न कार्यक्रमहरु ल्याएर उपभोक्ताहरुलाई सस्तो मूल्यमा गुणस्तरीय सामान दिंदै आएको बताइन्छ । यसका लागि कम्पनीले आफ्ना ग्राहकहरुलाई किस्ताबन्दीमा सामान दिने तथा कतिपय अवस्थामा विभिन्न किसिमका अफरहरु राखी हात खाली नजाने पुरस्कारहरु पनि दिंदै आएको उपभोक्ताहरु बताउँछन् ।
यो कम्पनीले आफ्ना ग्राहकहरुलाई लक्षित गरी विभिन्न किसिमका स्किमहरु ल्याएका कारण सामान खरिद गर्न चाहनेहरुले महिनैपिच्छे थोरै थोरै रकम किस्ताबन्दीमा तिरेर शुरुदेखि नै सामानको उपभोग गर्न पाउने अवस्था ल्याइदिएकोमा ग्राहकहरु खुशी देखिएका छन् । ग्राहकमध्येका एक दिनेश यादव भन्छन्, ‘एकातिर किस्ताबन्दीमा सामान त्यो पनि अरुको भन्दा सस्तो पाइएको छ, त्यसमाथि विभिन्न अफरहरु पनि । यतिमात्र नभएर किस्ताबन्दीमा सामान पाउँदा प्रयोग शुरुदेखि नै गर्न पाइने, केही गरी त्यस अवधिमा बिग्रिए वा केही भएमा कम्पनीले त्यो फिर्तासम्म गरिदिने भएकाले पूरै मूल्य तिरेर सामान लिनुभन्दा यसरी किस्ताबन्दीमा सामान पाउँदा हामी उपभोक्तालाई समेत फाइदा भएको छ ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *