बेलायतमा नेपाली नर्सको ताँती लाग्ने

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ / बेलायत (यूके) मा बैदेशिक रोजगारीका लागि नर्सहरूले आवेदन (एक्सेस) दिएका छन् । नेपाल र बेलायतबीच भएको सम्झौताअनुसार बैदेशिक रोजगार विभागले स्वास्थ्य सहायकको रूपमा नर्सहरूका लागि आवेदन आह्वान गर्दा हालसम्म करिब चार सयजना नर्सहरुले आवेदन दिएका बताइएको छ ।
उनीहरूले अनलाइनमा आफ्नो प्रोफाइल बनाएका हुन् । तीमध्ये १० जनाको आवेदन नै परेर स्वीकृति समेत भइसकेको विभागले जानकारी दिएको छ । विभागले साउन ५ गते नर्सहरूलाई आवेदन आह्वान गरेको थियो । यसका लागि विभागको छुट्टै अनलाइन पोर्टलमार्फत् आवेदन दिनुपर्ने व्यवस्था मिलाएको छ । सोही आधारमा मापदण्ड पूरा गरेका नर्सहरूले आवेदन दिन सक्ने बताइएको छ । त्यसका लागि १९ अक्टोबर २०२३ अर्थात २०८०को कार्तिक २ गते सम्ममा आवेदन दिने म्याद दिएको छ ।
यसरी आवेदन परेकामध्ये कम्तीमा सय जनालाई पठाउने गरी आवेदन आह्वान गरिएको समाचार स्रोतले बताएको छ । यो योजना सफल भएका खण्डमा आगामी दिनमा बेलायत सरकारले थप मान्छे माग्ने अपेक्षा गरिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *