ने.वि.संघको पहलमा छात्रवृत्ति

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभिटी) र नेपाली कांग्रेस निकटमा विद्यार्थी संगठन नेपाल विद्यार्थी संघबीच छात्रवृत्ति उपलब्ध गराउने सहमति बनेको छ । परिषद्का तीनवटा आंगिक क्याम्पसमा पठनपाठन, खाना र आवास निःशुल्क हुने गरी सीटीईभीटी र नेविसंघबीच सहमति भएको हो । यो सहमति अनुसार ८० पालिकाका एक सय २० जनालाई त्यस्तो सुविधा मिल्ने भएको हो ।
विकट जिल्लाका ८० पालिकाका दलित, मुस्लिम, विपन्न र सीमान्तकृतलाई विशेष छात्रवृत्ति उपलब्ध हुने भएको हो । छात्रवृत्ति डिप्लोमा इन फार्मेसी अध्ययन गर्नेले प्राप्त गर्ने ने.वि.संघले जनाएको छ । आगामी आर्थिक वर्षबाट थप आंगिक शिक्षालयबाट प्रमाणपत्र नर्सिङ कार्यक्रम सञ्चालनका लागि टोली बनाई अध्ययन गर्ने भनी दुई पक्षबीच सहमति भएको संघले जनाएको छ । परिषदबाट सञ्चालित परीक्षाको ट्रान्सक्रिप्ट प्रदेश कार्यलयबाट वितरणको व्यवस्था गरिने सहमति पनि भएको छ ।
परिषद्का तर्फबाट निर्देशक रामहरि देवकोटा, विनोद बडाल, टैलेन्द्र आचार्य र उप निर्देशक एकराज अधिकारीले हस्ताक्षर गरेका छन् । यसैगरी नेविसंघबाट परिषद् संयोजक सुशील खड्का, सहसंयोजक कणर्बहादुर ओली, उत्तम खड्का र नेविसंघ केन्द्रीय सदस्य युङ्जोर कार्कीले हस्ताक्षर गरेको जनाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *