९७३१ नं. टिकट भाग्यमानी

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ ‘नाडा अटो शो’ एकजना अवलोकनकर्ताका लागि विद्युतीय स्कुटर पुरस्कार घोषणा गरेको छ । २६ भदौदेखि ३१ गतेसम्म टिकट काटेर गएकामध्ये ९७३१ टिकट नम्बरका अवलोकनकर्ताले याडिया इलेक्ट्रिक स्कुटर जितेको नाडाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
उक्त टिकट नम्बरका ग्राहकलाई नाडाको सचिवालय टेकुमा सम्पर्क राख्न पनि आयोजकले भनेको छ । अटो शो अवलोकन गरेका ७६ हजार एक सयमध्येबाट गोलाप्रथा गरेर भाग्यशाली ग्राहक छानेको नाडाले जनाएको छ ।
यसैगरी प्रदर्शनीमा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल साइमेक्स इंक प्रा.लि. (वीवाईडी) ले जितेको छ । उत्कृष्ट दुई पाङ्ग्रे सवारीसाधनतर्फको स्टल अग्नि मोटोनिक प्रा.लि.(जावा) ले जितेको जनाइएको छ । त्यसैगरी लाइट कमर्सियल भेहीकलको बेस्ट स्टल अवार्ड आयाम इण्टरनेसनल प्रा.लि. (फोर्स मोटर्स) ले जितेको छ । यस्तै बेस्ट सर्पोटिङ स्टलको अवार्ड पौडेल इण्टरप्राइजेज (लिक्वीइमोली स्टुडोजले) जितेको जनाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *