Nayabimarsha (Weekly Newspaper from Nepal)

सानिमा बैंकका ग्राहकलाई अस्पतालमा छुट
काठमाडौं/ सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुटको व्यवस्था गरेको छ ।
उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल माध्यमबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्ने जनाइएको छ । सानिमा बैंकका ग्राहकहरुलेेे ओपिडी/आइपिडी तथा बेड सम्बन्धी शुल्कहरुमा १३ प्रतिशत, औषधिको शुल्कहरुमा ७ प्रतिशत र सर्जरी शुल्कमा ५ प्रतिशत छुट प्राप्त गर्न सक्ने पनि जनाइएको छ ।
यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट  https://www.sanimabank.com/digital-banking/products/cards/discount-outlet मा उपलब्ध राखिएको पनि बैंकले जनाएको छ ।
सानिमा बैंकको देशको सातै प्रदेशमा एक सय ३२ वटा कार्यालयहरु तथा एक सय २३ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *